धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलन नदिन सरकारले देशभर लकडाउन गरेको आज पाँचौं दिन हो । पहिलो पटक लकडाउनको अनुभव गरिरहेका नेपालीहरुलाई घरभित्रै सिमित भएर बस्न निक्कै सकस परिरहेको छ । त्यसैले ठाउँ ठाउँमा लकडाउनको उल्लंघनका घटनाहरु भइरहेका छन् । घरमा सिमित रहदा पनि कि टिभि हेरेर वा मोवाइल, ल्यापटपमा गेम खेल्ने, सामाजिक सञ्जालमा भुलिने काम मात्र अधिकांशको भइरहेको छ । यसले थप मानसिक तनाव मात्र बढाउने चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको भनाई छ ।

lock-down-mental

त्यसो भए लकडाउनमा घरभित्र रहदा के गर्ने ? यसबारेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी साइकियाट्रिक नर्सिङकी एसोसियट प्रोफेसर कृति थापाले सर्वसाधारणहरुलाई लाभ पुग्ने गरी विभिन्न सल्लाहहरु दिएकी छिन् । उनको सल्लाहलाई प्रतिष्ठानकै डा.एस.पी.रिमालले सुमधुर संगीत भरेर भिडियो पनि बनाएका छन् । जनहितको लागि यहाँ प्रस्तुत गरिएको छ: