धरान: सडकबाट उद्दार गरेर लांघाली सामुदायिक वनको आवास गृहमा राखिएका सडक मानवहरुका लागि महिला संजाल धरानले खाजाको लागि खाद्यान्न सहयोग गरेको छ ।

आवास गृहमा राखिएका मानिसहरुलाई बिहान र बेलुकाको खाजाको लागि सञ्जालले ३९ हजार बराबरको खाजा सामग्री सहयोग गरेको हो । धरान उपमहानगरपालिकाको फुड बैंकमार्फत मंगलबार खाजाको खाद्यान्न उपमेयर मञ्जु भण्डारी सुवेदीलाई हस्तान्तरण गरिएको थियो । साथै, उक्त खाजा सामग्री तत्काल लांघाली आवास गृहमा नै पुर्याइएको सञ्जालकी अध्यक्ष सविता राईले जानकारी दिइन् । उनका अनुसार खाजामा भुजा १०० केजी, चिउरा १०० केजी, चिनी ५० केजी, चाउचाउ १० कार्टुन, विस्कुट ४ दर्जन, लुगाधुने र नुहाउने साबुन १९० पिस, तुथपेष्ट १ दर्जन र ५ केजी चियारंग पनि दिइएको छ ।

यसैगरि, डिप्लोमा ह्याण्डीक्राफटकी प्रोपाइटर पुर्णकला मास्केले एक सय थान मास्क दिएकी थिइन् भने सञ्जालकी सदस्य निर्मला शाक्यले २ जेब्रा झोला लगाउने कपडाहरु पनि उपलब्ध गराएकी थिइन् । “धरान उपमहानगरपालिकाले सडकबाट उद्दार गरेर मानिसहरुलाई व्यवस्थित तरिकाले राखेको छ, यो चुनौतिपूर्ण कार्य हो । यस मानव सेवा कार्यमा महिला संजालका सबै पदाधिकारीहरुबाट रकम संकलन गरेर सहयोग गरिएको हो,”सञ्जाल अध्यक्ष राईले भनिन् । उपमेयर भण्डारीले सहयोगप्रति आभार व्यक्त गरिन् । आवास गृहमा रहेकाहरुलाई खाजाको आवश्यकता भएकोले धेरै राहत पुग्ने उनको भनाई थियो । “महिला संजाल सडक मानव व्यवस्थापन समितिको सदस्यको रुपमा रहेकोले गर्दा पनि आवश्यकता महशुुस गरि वहाँहरुले खाद्यन्न उपलब्ध गराउनु भएको छ,”उनले भनिन् ।

sanjal-ko

राहत हस्तान्तरण कार्यक्रममा संजाल संरक्षक मिना पुलामी, निवर्तमान अध्यक्ष शिला बज्रचार्य, वरिष्ठ उपाध्यक्ष चेतना श्रेङ, कोषाध्यक्ष लहरुमाया जिमीलगायत संजालका अन्य पदाधिकारीहरु उपस्थित थिए । दुई दिन अघि महिला संजालका सदस्य रेखा कार्की रसामाना नेपालकी सदस्य भावना राईले लांघाली आवास गृहमा रहेका २६ जना मानिसहरुको कपाल काटेर सहयोग गरेका थिए । सकडमा रहदै आएकाहरुलाई धरान उपमहानगरपालिकाले उद्दार गरेर बैशाख १ गतेदेखि त्यहाँ राखेका हुन् । अहिले ९६ जना महिला, बालबालिका तथा पुरुषहरु रहेका छन् ।