भेडेटारः पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य हो, भेडेटार । अवस्था सामान्य हुँदो हो त यतिबेला भेडेटारमा खचाखच पर्यटकहरु हुन्थे । होटल, रेष्टुरेष्टहरु भरिभराउ हुन्थ्यो ।

विडम्वना, अहिले अवस्था त्यस्तो छैन । गत चैत ११ देखि शुरु भएको लकडाउनले अन्य क्षेत्रमा जस्तै पर्यटनलाई पनि थलापारेको छ । यसैको मारमा छ भेडेटार पनि । यहाँका बजार, पसल सुनसान छन् । होटल, रेष्टुरेन्ट तथा रिसोर्टका कुर्सिहरु थन्क्याइएका छन् भने व्यवसायीहरु गुमेको पर्यटकीय साख कसरी उक्सिने हो भन्ने चिन्तामा छन् । मुख्य सिजनमै व्यवसाय शुन्य भएपछि घरभाडा तिर्दै कर्मचारी पालिरहेका पर्यटन व्यवसायी लकडाउन खुल्ने दिन पर्खिरहेका छन् ।

bhedetar1 bhedetar4 bhedetar5 bhedetar3 bhedetar6 bhedetar7 bhedetar8