धरान: सडकको विन्दास जिन्दगी । कोही मागी खाने, कोही मजदुरी गरेपनि सडकमै बास । कोरोना संक्रमणको त्रासले लकडाउनमा सबै घरभित्र सिमित हुदा पनि उनीहरु भने सडकमा स्वतन्त्र थिए ।

सडकमा रहेकाहरुलाई कोरोना संक्रमणको जोखिम देखेपछि धरान उपमहानगरपालिकाले बैशाख १ गतेदेखि उद्दार गर्न थाल्यो । उनीहरुलाई सडकबाट उद्दार गर्दै धरान ८ स्थित लांघाली सामुदायिक भवनको आवास गृहमा राख्न शुरु भयो । अहिले त्यहाँ ७६ जना मानिसहरु क्वारेन्टाइनमा रहेका छन् । उनीहरुलाई उपमहानगरपालिकाले नै खाजा, नास्ताको पनि व्यवस्था गरेको छ ।

आवास गृहमा सुरक्षितरुपमा राखिएका सडक मानिसहरुलाई सडक मानव व्यवस्थापन समितिले विभिन्न गतिविधिहरु गर्दै आएको छ । उनीहरुलाई मानसिकरुपमा पनि स्वास्थ्य राख्न योगा गराउने, चलचित्र देखाउने, विभिन्न खेलहरु खेलाउने कार्य व्यवस्थापन समितिले गर्दै आएको छ । यसैक्रममा आज आइतबार सडक मानवहरुलाई मनोरञ्जन दिलाउनको लागि सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो ।

धरान संगीत प्रतिष्ठानका कलाकारहरुले लाइभ प्रस्तुती दिएका थिए । आवास गृहमा सडक मानवहरु रहुञ्जेल हरेक शुक्रबार सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठले जानकारी दिए । ‘हामी कलाकारहरु आफ्नो कला प्रस्तुतीमार्फत सामाजिक कार्यमा जोडिन पाउदा खुशी छौं,’अध्यक्ष श्रेष्ठले भने ।

IMG_0642.psd

सांगीतिक कार्यक्रममा प्रतिष्ठानका कलाकारहरु पवन लिम्बु, नविन राई, गोमा कुलुङ, प्रिया लामा र शम्भु गुरुङले गीत गएका थिए । यस्तै, आवास गृहमा सुरक्षाको लागि खटिएका प्रहरी पुष्पराज बस्यालले पनि गीत गाएका थिए । हरेक गीतमा आवास गृहमा रहेका मानिसहरुले नाचेर मनोरञ्जन लिए । आवास गृहमा सिमित रहदा दिक्दार महसुस हुनसक्ने भएकोले विभिन्न गतिविधिहरु आयोजना गरेर रिफ्रेस गराउने क्रममा धरान संगीत प्रतिष्ठानसँग सहकार्य गरेर सांगीतिक कार्यक्रम आयोजना गरिएको व्यवस्थापन समिति सदस्य एवं महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईले बताइन् ।

IMG_0641.psd IMG_0651.psd IMG_0659.psd IMG_0654.psd IMG_0655.psd IMG_0740.psd IMG_0728.psd IMG_0718.psd IMG_0780.psd IMG_0776.psd IMG_0764.psd IMG_0755.psd IMG_0666.psd IMG_0652.psd IMG_0657.psd IMG_0720.psd IMG_0772.psd IMG_0701.psd IMG_0677.psd IMG_0670.psd