धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत जुनियर रेजिडेन्टहरु आजदेखि नियमित काममा फर्किएका छन् ।

हिजो बिहिबार बिहान ९ बजेदेखि राती ९ बजेसम्म पदाधिकारीहरुसँग जेआर, कर्मचारीहरुबीच भएको वार्तामा सहमति जुटेपछि जुनियर रेजिडेन्टहरु काममा फर्कने भएका हुन् । लेखा प्रमुख कमल रायमाझीले डिएम अध्ययनरत डाक्टर विप्लव कार्कीलाई उनकै आवासमा गालीगलौज तथा दुव्यर्वहार गरेको भन्दै केही दिनदेखि जुनियर रेजिडेन्टहरु आन्दोलनमा थिए । उनीहरुले इर्मजेन्सी र कोभिड अस्पतालबाहेकका सम्पुर्ण सेवा बहिष्कार गरेका थिए । 

जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीले एक विज्ञप्जी जारी गर्दै वार्तामा निजले माफी माग्ने, भविष्यमा यस्तो कार्य नदोहोर्याउने प्रतिवद्धता गर्ने, प्रतिष्ठान प्रशासनले पनि सो प्रकृतिको घटना दोहोरिन नदिने वातावरण सुनिश्चित गर्ने, रायमाझीलाई स्पष्टीकरण सोध्ने र प्रतिष्ठान ऐनवमोजिम कारबाही गर्ने सहमति भएको उल्लेख गरेको छ । सहमति यथासिघ्र पालना नभए र कारबाही नगरिए सशक्त आन्दोलन गर्ने पनि चेतावनी दिइएको छ । 

jr