धरान १२ स्थित चतरालाइनमा अवस्थित छ, हिमालयन सेकेण्डरी स्कुल र धरान मेघा कलेज । हिमालयनमा कक्षा १२ सम्मको पढाई हुन्छ । कक्षा ११ र १२ को अध्यापन अनुमति यसै शैक्षिक सत्रमा हिमालयनले पाएको हो । यहाँ यस बर्षदेखि बिज्ञानतर्फ खाद्य प्रविधि, पोषण र कम्प्युटर बिज्ञान बिषय पढाइ हुनेछ भने म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको पनि पढाई हुनेछ । 

यसैगरि, यहाँ ब्याचलर अर्थात स्नातक तहमा पनि बि.बि.एस पठनपाठन भइरहेको छ । एकै भवनमा कक्षा १ देखि १२ सम्म र स्नातक तह पनि विद्यार्थीहरुले अध्ययन गर्न पाइरहेका छन् । विद्यालय तथा कलेजहरुमा भर्ना अभियान चलिरहेको बेला यिनै बिषयहरुसँग केन्द्रीत रहेर धरान मेघा कलेज प्रालिका अध्यक्ष कैलाश आङदेम्बे सँग गरिएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ:

प्रश्न: तपाईहरुको कक्षा ११ को भर्ना अभियान सकियो कि बाँकी छ ?

उत्तर:- भर्ना अभियान जारीनै छ । हामीले २ वटा कारणले गर्दा यो अभियानलाई जारी नै राखेका छौ । प्रथमत कतिपय बिद्यार्थीहरु कोभिड १९ का कारण कलेजसम्म आई पुगेका छैनन् । उनीहरु नियमित कलेजको सम्पर्कमा रहेका छन् भने दोश्रो कारण धेरै बिद्यार्थीहरु अझै पनि बिषय र कलेज छान्न सकिरहेका छैनन् । यस्ता बिद्यार्थीहरुका लागि पनि केही समयका लागि हाम्रो भर्ना अभियान जारी नै राखेका छौ ।

प्रश्न: कक्षा ११ तपाईहरुको पहिलो बर्ष हो, कुन कुन बिषयमा कति विद्यार्थी भर्ना लिनुहुन्छ ?

उत्तर:- हजुर, यो शैक्षिक सत्रका लागि कक्षा ११ मा हामिले विज्ञान संकायमा १ सय जना विद्यार्थी, म्यानेजमेन्ट संकायमा पनि १ सय र होटल म्यानेजमेन्ट संकायमा समेत १ सय विद्यार्थी भर्ना लिने छौ । हामिले सय/सय जना बिद्यार्थीहरु लिनुको पनि बिशेष ४ वटा कारणहरु छन् । पहिलो त हामीसंग पर्याप्त कक्षा कोठाहरु छन्, दोश्रो हामीसंग प्रदेश नम्वर १ कै उत्कृष्ट बिज्ञानका र होटल म्यानेजमेन्टका प्रयोगशालाहरु रहेका छन । तेश्रो हाम्रा प्राध्यापकहरु विगत १५ औ वर्षदेखि सम्बम्धित बिषयमा अध्यापन गराइ रहेका दक्ष तथा अनुभवी हुनुहुन्छ, र चौथो बिज्ञान बिषय लिइ अध्ययन गरेकाहरुलाई प्रि मेडिकल तथा इन्जिनियरिङ कोर्ष प्रदान गर्ने लक्ष्य रहेकोले सिमित मात्र बिद्यार्थी भर्ना गर्न लागेका हौ ।

megha6

प्रश्न: कक्षा १ देखि ब्याचलरसम्म एकै ठाउँमा अध्यापन गर्न पाउने भनिरहनु भएको छ, भौतिक पुर्वाधार र विद्यार्थीहरुलाई आवश्यक सुविधाहरु दिन सम्भव छ ?

उत्तर:- मैले अघि पनि भनिसके कि हाम्रो आफ्नै ४ तल्ते भवन छ, त्यसका साथै अन्य २ वटा १/१ तल्ले भवन छ । यो बाहेक अन्य चाहिने एकेडेमिक सामाग्रीहरु पनि पर्याप्त नै छ । यस मानेमा हामी कक्षा १ भन्दा तल नर्सरी कक्षा देखि स्नातक सम्मका लागि अध्यय्न अध्यापनका लागि सक्षम छौ ।

प्रश्न: हिमालयन स्कुल र मेघा कलेज अलग अलग शैक्षिक संस्था जस्तो देखिन्छ, कसरी एकै ठाउँमा सञ्चालन छ ?

उत्तर:- यो महत्वपूर्ण प्रश्नको लागि धन्यवाद । केही मिडियामा आएको समाचारहरु मैले पढेको थिएँ । वास्तवमा हिमालयन स्कुल र मेघा कलेज यो दुवै एकै प्राली अन्र्तगत सन्चालन भएका छन् । उक्त प्रकृया हामीले अघि बढाइ सकेका छौ । कोभिडका कारण केही ढिला सुस्ती भने पक्कै भएको हो ।

प्रश्न: भनेपछि, हिमालयन र मेघा कलेज भविष्यमा कानुनीरुपमा एउटै हुने हो ?

उत्तर:- हजुर, त्यसमा कुनै शंका छैन ।

प्रश्न: कसरी दुवै संस्था एक हुन्छन् ? त्यसको लागि के गर्दै हुनुहुन्छ ?

उत्तर:- हामीले हाम्रा कानुनी सल्लाहकारसँग परामर्श गरी प्रकृया अघि बढाइ सकेकाछौ ।

प्रश्न: विद्यार्थीहरुलाई कुनै समस्या वा झमेला त हुन्न नि ?

उत्तर:- सबै भर्ना भएका र भर्ना हुने विद्यार्थीहरु हाम्रा छोरा छोरी हुन्, उनिहरुको शैक्षिक प्रमाण प्रत्र नेपाल एजुकेशन बोर्डको प्रमाण पत्र यसै मेघा हिमालयन प्रालिबाटै प्रदान गरिने कुरा सुनिस्चित गराउन चाहान्छौ ।

megha1

प्रश्न: तपाईहरुको विद्यालय र कलेजको बिषेशता के हो ? यहाँ किन विद्यार्थी पढन् आउनुपर्ने ?

उत्तर:- मैले धेरै कुराहरु त अगाडि नै अवगत गराइ सकेको छुँ, केही छुट भएका कुराहरुलाइ मात्र म यो प्रश्नमा समेट्न चाहान्छु । सर्व प्रथमत यस कलेज धरानकै केन्द्र बिन्दु छाताचौक भन्दा २ सय मिटर पश्चिम, धरान उपमहानगरपालिका संगै रहको छ । म्यानेजमेन्ट संकायका लागि हामिले कक्षा १२ को सुरुवात संगै सिम्याट तथा कुम्याट कक्षा पनि सन्चालन गर्ने छौ । 

प्रश्न: निजी शैक्षिक संस्थाहरुबीच अस्वस्थ्य प्रतिस्पर्धा देखिन्छ । प्रचार प्रसारको शैली पनि आक्रामक छ, वास्तविकरुपमा शैक्षिक गुणस्तरमा चै धरानको निजी कलेज, विद्यालयहरुले कति ध्यान दिएको छ ?

उत्तर:- सबै शैक्षिक संस्थाहरुको आ–आफ्नै प्रचार प्रसारको शैली रहेको देखिन्छ । त्यसमा मेघा कलेजको पनि आफ्नै शैली रहेको छ । हामीले गरेको प्रचार प्रसारमा कुनै त्यस्तो अवान्छनिय गतिविधी रहेको छैन, र नहुने कुरामा हामी प्रतिबद्ध छौ । अन्य कलेजहरुको बिषयमा हामी चासो राख्दैनौ पनि । सबै कलेजहरुको मुख्य उदेश्य भनेको नै गुणस्तरीय शिक्षा प्रदान गर्ने हो । हामी यो उदेश्यमा तिव्ररुपमा लागि रहेका छौ र मेरो बिचारमा अन्य कलेजहरु पनि आ–आफ्नो ठाउँ बाट लागेकै होलान् जस्तो लाग्छ । त्यसर्थ शैक्षिक गुणस्तरमा ध्यान नदिएको भन्न मिल्दैन ।