धरान: विरामीको उपचार तथा सेवामा समर्पित रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मुटु रोग विशेषज्ञ डा.प्रशान्त साह जेसी युवा सम्मान २०२१ बाट सम्मानित भएका छन् ।

धरान जेसीजले दशैंको शुभकामना तथा सप्ताहव्यापी कार्यक्रमको समापन समारोहमा शनिबार डा.साहलाई सम्मान गरेको हो । धरान जेसीजका अध्यक्ष मणीराज अधिकारी र प्रमुख अतिथि एवं मेयर तिलक राईले डा.साहलाई ताम्रपत्रसहित सम्मान गरेका थिए । 

धरान जेसीजले यो बर्षदेखि जेसीज युवा सम्मानद्धारा एक जना व्यक्तित्वलाई सम्मान गर्ने कार्य शुरुवात गरेको हो । धरानलाई कार्यक्षेत्र बनाएर समाजमा उदाहरणीय कार्य गर्ने युवालाई सम्मान गर्ने निर्णय अनुसार छनौट समितिको सिफारिशमा डा.साहलाई सम्मान गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए । ‘धरान जेसीजले अबदेखि समाजमा उदाहरणीय कार्य गरेका एक जनालाई प्रत्येक बर्ष जेसीज युवा सम्मान गर्नेछ,’अध्यक्ष अधिकारीले भने ।

युवा सम्मानको लागि पुर्वराष्ट्रिय उपाध्यक्ष विष्णु वरालको संयोजकत्वमा एक छनौट समिति गठन गरिएको थियो । उक्त समितिले शिक्षा, स्वास्थ्य, पर्यटन, पत्रकारिता र व्यवसाय क्षेत्रबाट १५ जनाको सुची तयार गरेको र ती मध्येबाट पनि ५ जना हुदै युवा सम्मानको लागि डा. साहलाई छनौट गरिएको वरालले जानकारी दिए । 

jeci 1

डा. साहले आफु र धरानको सम्बन्ध गाँसिएको २१ बर्ष पुगेको बताए । यो बीचमा ७ बर्ष अध्ययनको लागि बाहिर गएको र पछिल्लो ७ बर्षदेखि बिशेषज्ञकोरुपमा आफु धरानमा नै रहेको पनि उनले जानकारी दिए । ‘धरानमा काम गर्दा कुनै जागिर गरेको जस्तो लाग्न छोडेको छ । धरानबासीले मलाई जुन आदर दिनुहुन्छ, जुन सम्बन्ध गाँस्नुहुन्छ, ओपिडीमा बस्दा म सबैलाई चिन्छु । म मुटुको डाक्टर, कुनै जागिर गरेको जस्तो अनुभव हुन छोडेको छ,’डा.साहले भने,‘म आफुलाई परिवारको सामान्य सदस्य जस्तो लाग्न थालेको छ । आफुले गरेको कामप्रति सन्तुष्टी मिल्न थालेको छ । जागिरेको जस्तो भएको भए खुशी हुन्थेन होला, म आफ्नो कामप्रति सन्नुष्ट छु ।’ डा.साहले वीपीलाई सबैको माया गर्न आग्रह गर्दै वीपी सुधार भएमा धरानको सुनमा सुगन्ध थपिने धारणा राखे ।

डा.साह आफ्ना विरामीहरुमाझ लोकप्रिय छन् । उनले एकै दिन ओपिडीमा ३२४ जना विरामी हेरेको रेकर्ड छ । उनी बिहान ८ बजेतिरै ओपिडीमा आउछन्, र राती अबेर १२ बजेसम्म पनि विरामी जाँच गरिरहेका हुन्छन् । 

डा.प्रशान्त साहको मन्तव्य: