धरान: नेकपा एमाले धरानको जेठ २ अघिको कमिटीको नगर अधिवेशनले नेतृत्व चयन गरेको छ । 

धरान १५ स्थित होटल इजी राइडरमा जारी बन्द सत्रले नारायण सुवेदीको अध्यक्षतामा ८५  सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा राजमणी निरौला चयन गरेको छ । यस्तै, सचिवमा पारस काङमाङ चयन भएका छन् भने सहसचिवद्धयमा राजेन्द्र राई र दिवस राई चयन भएको प्रदेश कमिटी सदस्य हिमाल लिम्बुले जानकारी दिए । 

अर्कोतर्फ धरान १० स्थित सैनिक भवनमा आयोजित संस्थापन पक्षको बन्द सत्र भने स्थगित भएको छ । बन्द सत्रमा सांगठनिक प्रतिवेदन पेश भएपछि स्थगित भएको हो । आर्थिक प्रतिवेदन र नेतृत्व चयनको प्रक्रिया भने बुधबार हुने बताइएको छ ।