धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो मंगलबार सम्पन्न भएको सुनसरी निर्वाचन क्षेत्र नं १ क्षेत्रीय समितिको निर्वाचनबाट २५ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

धरान ८ सभागृहमा भएको निर्वाचनबाट दुई दर्जन बढी महाधिवेशन प्रतिनिधि छानिदा रामचन्द्र पौडेल शेखर कोइराला समुहको बर्चश्व रहेको छ । छानिएका २५ जना प्रतिनिधिहरुमध्ये संस्थापन पक्षका मात्र ३ जना छन् । संस्थापन समुहबाट महाधिवेशन प्रतिनिधिमा प्रत्यक्ष खुलाबाट विनोद राई, प्रत्यक्ष महिलाबाट ममता तामाङ र मधेशी खुलाबाट राजु साह मात्र छानिएका छन् । अन्य सबै चुनिएका महाधिवेशन प्रतिनिधिहरु पौडेल कोइराला समुहका हुन् । 

महाधिवेशनमा क्षेत्रीय समितिका सभापति पनि स्वतः प्रतिनिधि हुन्छन् । क्षेत्रीय कार्यसमितिमा पनि पौडेल कोइराला समुहका सभापति उम्मेदवार सुजेन्द्र तामाङको प्यानलै विजयी भएको छ । तामाङसँग संस्थापन समुहकी उम्मेद्वार लक्ष्मी खतिवडा र उनको प्यानल पराजित भएको छ । 

क्षेत्रीय कार्यसमितिमा विजयीहरु :

congress1 4

महाधिवेशन प्रतिनिधिमा विजयीहरु :

congress2 4

congress3 4