धरान: कोभिड महामारीपछि करिब साढे दुई बर्ष सांगीतिक कार्यक्रमहरु हुन नपाएको धरानमा हिजो शनिबार साँझ भने संगीतमय बन्यो ।

धरान १२ स्थित पब्लिक हाईस्कुलको मैदानमा धरानेहरु घण्टौंसम्म गीत, संगीतमा रमाए । सिल्भर इन्टरनेन्टमेन्टको आयोजनामा  'टुबोर्ग मेगा लाइभ कन्सर्ट' भएको थियोे । उक्त कन्सर्टमा चर्चित व्याण्ड रविन एण्ड द न्यु रेभुलुसनले आफना हिट गीतहरु प्रस्तुत गरेर अढाई बर्षदेखिको धरानेहरुको कन्सर्टको तिर्सना मेटाइदिए । पुषको चिसो मौषम पनि एक पछि अर्को गीतहरुले तात्तिएको थियो । 

concert1

नेपाली ढाका टोपी लागएर स्टेजमा ओर्लिदै ब्याण्ड सदस्यहरुले नेपाल (नेपाल बोलको राष्ट्रिय भावनाको गीतबाट प्रस्तुती शुरु गरेका थिए । गायक रबिनले  भेटे मैले शिवाजी, केटाकेटी पहिलो नाम , जति माया लाएपानी ,चिसो चिसो हावा..,  दम मरो दम..  लगायत एक दर्जन गीतहरु प्रस्तुत गरे । ब्याण्डले कोभिड पछिको आफ्नो पहिलो ओपन कन्सर्ट भएको उल्लेख गर्दै सबैलाई सुरक्षाको लागि मास्क, सेनिटाइजर प्रयोग गर्न र खोप अनिवार्य लगाउन अनुरोध पनि गरेका थिए ।

कन्सर्टमा धरानका दुई स्थानीय प्रतिभाहरु हिना मल्ल बराइली र दिपिका बस्नेतले पनि आफ्नो प्रस्तुति दिएका थिए। गायिका बराइली पहिलो नेपाल आइडलको टप टेन प्रतिस्पर्धी हुन् । यसैगरि, फ्री बर्ड्स ब्याण्डले पनि गीतहरु गाएको थियो। कन्सर्ट टुबोर्गको प्रस्तुती तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भएको थियो । यसअघि धरानमा टुबोर्ग  मेगा लाइभ कन्सर्ट २०१७, धरान  र पथरीमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८ आयोजना भएको थियो । 

concert4

concert10

concert16

concert6

concert7

concert5

concert15

concert12 1

concert8 1