धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नयाँ अटो एनालाइजर मेशिन जडान भएको छ । 

प्रतिष्ठानको सेन्ट्रल ल्याबमा बायोकेमेष्ट्री विभाग अन्तर्गत अटो एनालाइजर मेसिन बुधबार जडान भएको हो । बायोकेमेष्ट्री ल्याबका इञ्चार्ज राजेन्द्र चौधरीका अनुसार अटो एनालाइजर एक घण्टामा १२ सय टेष्ट गर्न सक्ने क्षमता रहेको छ । यसअघि सन् २०१२ मा पनि यस्तै मेशिन खरिद गरिएको थियो । उक्त मेशिनको एक घण्टामा ३ सय मात्र टेष्ट गर्ने क्षमता थियो । उनले भने,‘अहिलेको मेशिनको क्षमता धेरै गुण बढी हो । यसले रगत र पिसाबको मात्र जाँच हुन्छ । सुगर, कलेजो, मुटु सम्बन्धी जति टेष्ट हुने हो, सबै यही मेशिनले हुन्छ ।’

Auto-analizer

प्रतिष्ठानका अस्पताल उपनिर्देशक डा.विकास साहले विरामीको संख्या अत्यधिक बढ्दै गएको अवस्थामा नयाँ मेशिनले धेरै राहत मिल्ने बताए । उनले भने,‘विरामीको भिड बढ्दै गएर धेरै समस्या भएको थियो । एक घण्टामा १२ सयको टेष्ट हुँदा छिटोछरितो टेष्ट हुन्छ, भिड पनि मेनेज हुन्छ । रिपोर्ट पनि चाडो नै आउने हुन्छ ।’ प्रतिष्ठानको सेवाहरुलाई छिटो छरितो र गुणस्तरीय बनाउने लक्ष्य रहेको भन्दै डा.साहले नयाँ सिटिस्क्यान पनि आएर सञ्चालनमा आइसकेको बताए ।