धरान: धरानको सामुदायिक विद्यालयका विद्यार्थीहरुलार्य निःशुल्क भिटामिन डि लगाउने कार्यक्रम शुरु भएको छ । 

रोटरी क्लब अफ धरान घोपाको आयोजना तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागको सहकार्यमा भिटामिन डि लगाउन शुरु गरिएको हो । पहिलो दिन बिहिबार धरान २ स्थित शिक्षा निकेतन माविका विद्यार्थीहरुलाई इन्जेक्सनमार्फत भिटामिन डि दिइएको छ । धरानका ४९ वटा सामुदायिक विद्यालयका इच्छुक विद्यार्थीहरुलाई निःशुल्करुपमा भिटामिन डि दिइने आयोजक रोटरी क्लब अफ धरान, घोपाका अध्यक्ष तुलसी प्रसाद वस्तीले जानकारी दिए । 

vitamin-d6

धरानका सामुदायिक विद्यालयहरुमा कुल १२ हजार हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन् । तीमध्ये इच्छुक विद्यार्थीहरु सबैलाई भिटामिन डि दिइने र सोही अनुसार क्लबले तयारी गरेको पनि अध्यक्ष वस्तीले जानकारी दिए । अधिकांश मानिसहरुमा कमी देखिएकोले सामुदायिक विद्यार्थीहरुलाई भिटामिन डि दिन थालिएको उनले बताए । चार महिनाभित्रमा धरानका सबै सामुदायिक विद्यालयहरुमा लगाइसक्ने उनले बताए । निजी विद्यालयहरुले पनि आवश्यकता ठानेमा कार्यक्रम गरिने अध्यक्ष वस्तीले बताए । 

विद्यालयका शिक्षक मुकुन्दप्रसाद भण्डारीका अनुसार ४ सय हाराहारी विद्यार्थीहरुले भिटामिन डि लगाउन चाहेको बताए । उनले कार्यक्रम उपयोगी भएको र विद्यार्थी, अभिभावकहरुलाई लाभान्वित हुने बताए । वीपी प्रतिष्ठानको हाडजोर्नी विभागका प्रमुख प्रा.डा.बिक्रम श्रेष्ठका अनुसार नेपाल र भारतको सर्वेक्षणमा ९० प्रतिशतमा भिटामिन डि कमी देखिएकोले यो कार्यक्रम गरिएको बताए । भिटामिन डि विना स्वास्थ्य राम्रो नहुने उनले बताए । हाडजोर्नीको रोग, मुटु र क्यान्सरबाट जोगिन पनि भिटामिन डि आवश्यक पर्ने उनले बताए । 

भिडियो:

vitamin-d7

vitamin-d4

vitamin-d3

vitamin-d5 1

vitamin-d2

vitamin-d1