धरान: गत माघ तेस्रो साता धरानमा विभिन्न स्कुलहरुमा अध्ययनरत १२ देखि १७ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई मोर्डना खोपको पहिलो मात्रा लगाइएको थियो । तिनै विद्यार्थीहरुलाई उक्त खोपको दोस्रो मात्रा पनि लगाइने भएको छ । 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाकाअनुसार यही चैत २ गतेदेखि ८ गतेसम्म मोर्डना खोपको दोस्रो मात्रा लगाइने भएको हो । महाशाखाका अनुसार बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म खोप केन्द्र तोकिएको विभिन्न स्कुलहरुमा विद्यार्थीहरुलाई खोप लगाइनेछ । 

महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानका २० वटै वडाका ४५ वटा स्कुलहरुमा खोप केन्द्र तोकिएको छ । चैत २, चैत ३, चैत ६ र चैत ७ गते खोप लगाइनेछ । यी चार दिनसम्म पनि खोप लगाउन छुटेकाहरुलाई ८ गते धरान १२ स्थित पब्लिक माविमा पुनः खोप लगाइने महाशाखा प्रमुख मेहताले बताए । गत माघ १६ गतेदेखि २१ गतेसम्म स्कुलहरुमा भएको खोप अभियानको क्रममा करिब १७ हजार विद्यार्थीहरुले खोप लगाएका थिए । 

खोप लगाउने मिति र खोप केन्द्रः

mordana


mordana1

mordana2

mordana3

mordana4