धरान: धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगिता मंगलवारदेखि सुरु भएको छ ।

धरान १२ स्थित धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री राजन राईले उद्घाटन गरेका थिए । प्रतियोगिताको पहिलो दिन आयोजित खेलहरुमा विजयी हुदै धरान आर्दश, एम्स एकेडेडी र समिट स्कुल दोस्रो चरणमा प्रवेश गरेका छन् । 

प्रतियोगिताको उद्घाटन खेलमा धरान आर्दशले होलिल्याण्ड स्कुललाई ३७–२७ अंकले पराजित गर्दै दास्रो चरण प्रवेश गरेको हो । धरान आर्दश र होलिल्याण्डले प्रत्येक क्वाटरमा ५–७,७–३, ७–२ र १८–१५ स्कोर गरेको थियो । त्यसअघि, बिहान भएको खेलमा एम्स एकेडेडीले कार्मेल स्कुललाई ७३–२७ ले हराएको थियो । एम्स र कार्मेलले प्रत्येक क्वार्टरमा १८–५,१२–१२, १२–८ र ३१–२ अंक जोडेका थिए । यस्तै, समिट स्कुलले आइडल स्कुललाई २९–७ स्कोरले हराउदै दोस्रो चरणमा प्रवेश गर्यो । समिट र आइडल स्कुलले प्रत्येक क्वार्टरमा ५–१, ७–१, १०–० र ७–५ अंक जोडेका थिए । विजयी भएको टिमहरु क्वाटरफाइनल प्रवेश गरेका छन् । 

rewahang7

धरानका उदयीमान दिवंगत बास्केटवल खेलाडी रेवाहाङ राईको स्मृतिमा प्रतियोगिता आयोजना भएको हो । कार्यक्रम सुरु हुनु अघि दिवंगत रेवाहाङ राई र नेपाल बास्केटवल संघका दिवंगत केन्द्रिय अध्यक्ष टेन्डी शेर्पाको स्मृतिमा एक मिनट मौनधारण पनि गरिएको थियो । प्रतियोगिताको आयोजना धरान मेघा हिमालयन कलेजको आयोजना र धरान बास्केटवल संघको संयोजनामा भएको हो । अध्ययन संगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत अगाडि बढाउनका लागि खेल र खेलाडीको सम्मान गर्दै दिवंगत रेवाहाङ राईको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको धरान मेघा हिमालयन कलेजका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष कैलाश लिम्वुले बताए । 

प्रतियोगिताको फाइन्ल चैत्र १९ गते हुनेछ । विजेताले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद सात हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको व्यक्तिगत विद्या तर्फ उत्कृष्ट खेलाडिले नगद एक हजार ५ सय, उत्कृष्ट स्कोररलाई नगद १ हजार, कफि पव एण्ड रेष्टोको फुड भौचर, ट्रफि र प्रमाणपत्र दिइनेछ । उत्कृष्ट स्कोरर र उदयीमान खेलाडिले ट्रफ्रि, कफि पव फुड भौचर र प्रमाणपत्र प्राप्त गर्नेछन ।

rewahang1

        प्रतियोगितामा सुनसरी बास्केटवल संघ र धरान १२ नम्बर वडा कार्यलयको पनि सहयोग रहेको छ । प्रतियोगितामा धरान र धरान आसपासका क्षेत्र तथा जिल्लाका १६ टिमहरुको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, धरान उपमहानगरका प्रमुख तिलक राई, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, रेवाहाङ राईका वुवा रेवतिरमन राई र आमा सुजता राई लगायतको उपस्थिति रहेको थियो ।


rewahang3

rewahang4

rewahang5

rewahang6

rewahang8

rewahang9

rewahang10

rewahang11