धरान: धरानका मेयर तिलक राईले आफु गठबन्धनका उम्मेद्वारलाई जिताउन हरसम्भव प्रयास गर्ने बताएका छन् । 

सोमबार उम्मेद्वार मनोनयन दर्ताको क्रममा गठबन्धनबाट मेयर उम्मेद्वार किसोर राई र उपमेयर अइन्द्र बेघालाई शुभकामना दिदै यस्तो बताएका हुन् । उनले आफु उम्मेद्वारका आकांक्षी भएपनि पार्टीको निर्णय स्वीकार गर्दै गठबन्धनलाई जिताउन लागिपर्ने बताए । ‘म सिटिंग मेयर हो । नेपाली कांग्रेस र गठबन्धनलाई जिताउन हरसम्भव प्रयास हुन्छ । गठबन्धनले जित्यो भने मेरो नाम स्वर्ण अक्षरले लेखिन्छ,’उनले भने,‘गठबन्धनले जित्छ । किसोर राईलाई पार्टीले मेयरकोरुपमा पठाएको छ, उहाँले जित्नुहुन्छ, पार्टीले जिन्छ ।’

dharan-election12 1

मेयर राईले २०७४ र २०७६ मा पार्टीले आफुलाई टिकट दिएर उम्मेद्वार बनाएको भन्दै अहिले टिकट नपाउदा कुनै दुःखेसो नभएको बताए । साथै, उनले आफुमा हिनताबोध पनि नभएको उल्लेख गर्दै किसोर राई वलियो र निरन्तर पार्टीमा लागेको व्यक्ति भएको बताए । उनले भने, ‘अहिले मैले पाइन भनेर दुःखेसो गर्नु, अरुले पायो भनेर हिनताबोध गर्न हुदैन । उहाँ पनि म भन्दा बलिलो उम्मेद्वार हो । पार्टीमा निरन्तर लागेको मान्छे हो । त्यसकारण अनयथा लिनुहुदैन ।’

गठबन्धनमा कही राम्रो र कही समस्या भइरहेको भएपनि धरानमा वडा तहबाट नै समझदारी गरेर उम्मेद्वारी दिइरहेकोले राम्रो सन्देश गएको पनि बताए । अझै असन्तुष्टी रहे पार्टीको निर्णयलाई परिस्थिति र अहिलेको अवाश्यकताको रुपमा लिनुपर्ने पनि उनले बताए । धरान १ र १४ का कांग्रेसबाट जितेको वडाअध्यक्षले पार्टी छोडेर राप्रपाबाट वडाअध्यक्षमा उम्मेद्वारी दिएकोप्रति उनले भने, ‘२०७४ मा तपाई हामीले टिकट पायौ, काम गर्ने अवसर मिल्यो । अहिले पार्टीले गरेको निर्णयलाई आत्मसात गर्नुपर्छ, त्यसो नगरौ भनेको थिए । तर पनि साथीहरुले गर्दै हुनुहुन्छ भन्ने सुनेँ । निर्वाचन अझै पनि १८, २० दिन छ, यो बीचमा साथीहरुलाई समन्वय गर्न सक्छौ भन्ने लाग्छ ।’

भिडियो: