मे १ देखि ३० सम्म विश्वका १०० भन्दा बढी मुलुकमा 'मे मेजरमेन्ट मन्थ' मनाइन्छ । यसको मुख्य उद्देश्य भनेको उच्च रक्तचापबारे बुझाउने हो । जसलाई उच्च रक्तचाप छ, उहाँहरुलाई उपचार गर्ने हो । जसलाई रक्तचाप छ वा छैन, उनीहरुलाई स्वास्थ्य जीवनशैली कसरी बाँच्ने भनेर उत्प्रेरित गर्ने हो । छ भने प्रेसर छ भने कसरी व्यवस्थापन गर्ने भनेर जनचेतना फैलाउने, सिकाउने हो । 

आजको तथ्यांक हेर्ने हो भने विश्वमा ५५ मिलियन अर्थात ५५० लाख मानिसको सरदर मृत्यु हुन्छ । त्यसमध्ये एक तिहाईको मृत्यु नसर्ने रोग, जसलाई हामी दीर्घ रोग भन्छौ, त्यसबाट हुन्छ । नसर्ने रोगहरु मध्ये ८० प्रतिशत  रोग अर्थात करिब १७ देखि १८ मिलियन (१७० लाखदेखि १८० लाख मानिस) को मृत्यु मुटुजन्य रोगले हुदो रहेछ । 

हामी मुटु रोग भनेपछि तर्सिन्छौ । ओ हो हर्ट अट्याक पो भएछ, भन्छौ । तर के हामीलाई थाह छ ? यो मुटुजन्य रोगको ५० प्रतिशत भन्दा बढी कारण चै एक मात्र कारण उच्च रक्तचापले गर्दा हुन्छ । यसको अर्थ हामीले उच्च रक्तचाप भएको मानिसहरु पत्ता लगायौ, र उच्च रक्तचापको व्यवस्थापन गर्यौ भने त्यति सानो कामले ५० प्रतिशत मुटुजन्य रोगबाट हुने मृत्युलाई रोक्न सक्छौ । मलाई लाग्छ, यो त ठुलो उपलब्धी हुन्छ । 

यो भनेको मधुमेहको उपचार, कोलेस्ट्रोलको उपचार, किड्नीको उपचार, संक्रमणजन्य उपचार सबैलाई भेला पारेर एक ठाउँ भन्दा पनि र उपचार गर्दा जति फाइदा हुन्छ, जति मृत्यु घटाउन सक्छौ, त्यो भन्दा बढी हो । त्यसैले यसलाई बिशेष गरेर फोकस गरेर ब्लड प्रेसरको पहिचान गर्ने र उपचार गर्ने भन्ने कुरालाई मे मेजरमेन्ट मन्थले हाइलाइट गरेको छ । 

ब्लड प्रेसर:साइलेन्ट किलर 

hyper1

ब्लड प्रेसर भनेको घर बाहिरपट्टी ढोकामा हथौडा हानेजस्तो हुन्छ । बाहिरबाट हामीलाई थाह हुदैन । जब एक्कासी पक्षघात हुन्छ, ब्रेन ह्यामरेज हुन्छ, हृदयघात हुन्छ, मुटुले काम गर्न छोड्छ, किड्नी बिग्रन्छ, तबमात्र थाह पाउछौ । त्यही भएर यसलाई साइलेन्ट किलर भन्छ । पिठ्युमा छुरा हान्ने भन्छ नि । थाहै नपाई आएर यसले मृत्यु उपहार दिएर जान्छ । यसले दिमागमा असर गर्छ, प्यारालाइसिस गर्छ । धमनीहरुमा असर गर्छ, जसले गर्दा रक्त प्रवाह रोक्छ । मुटुमा असर गर्छ, मुटु विफल गर्छ । किड्नी विफल गराउछ, आँखामा अन्धोपन ल्याउछ । 

मुटुजन्य रोगको ५० प्रतिशतभन्दा बढी एक मात्र उच्च रक्तचापले गर्दा हुन्छ । स्ट्रोक (पक्षघात)को ५१ प्रतिशत कारण पनि अर्थात पक्षघातले मृत्यु हुने १०० जना मानिस हुनुहुन्छ भने उच्च रक्तचापले गर्दा ५१ जनाको मृत्यु हुन्छ । त्यसको अर्को अर्थ के हो भने हामीले उच्च रक्तचापको सही व्यवस्थापन गर्यौ भने १०० मा ५१ जनाको मृत्यु रोक्न सकिन्छ ।

भुसको आगो जस्छो, डरलाग्दो छ अवस्था

hyper3

हामी सहरी क्षेत्रमा करिब करिब २० बर्षभन्दा माथिको मानिस भेला पार्यौ भने ३० प्रतिशतलाई उच्च रक्तचाप छ । सब अर्बन अर्थात नगरी क्षेत्रमा २५ प्रतिशत जति छ । गाउँमा पनि २४ प्रतिशत छ । अर्थात, तपाईले समातेर ५ जना मान्छे भेला पार्नुभयो भने गाउँमा १ जनालाई प्रेसर छ, नगरी क्षेत्रमा पनि त्यस्तै छ । सहरी क्षेत्रमा अर्थात धरानमा ५ जनामा २, ३ जनामा छ ।

ब्लड प्रेसर भुसको आगो जस्तै छ । भुसको आगोको खासियत के हो भने भित्रभित्रै सल्किन्छ । जब बाहिर देखिन्छ, सबै खरानी भइसकेको हुन्छ । त्यसो भए भुसको आगो निभाउनु पर्यो भने त कोट्याएर हेर्नुपर्ने रहेछ । कोट्याएर हेरेर भित्र अलिकती जलेको छ भने एक लोटा पानीले पनि निभ्ने रहेछ । उच्च रक्तचाप पनि त्यस्तै हो, भित्र भित्र सल्किरहेको हुन्छ । त्यसलाई पनि कोट्याएर हेर्नुपर्छ, र उपचार गर्नुपर्छ । त्यही हो, मे मेजरमेन्ट मन्थको उद्देश्य भनेको । 

रोग लागेको बारे ५० प्रतिशतलाई थाहै हुदैन

अर्को दुर्भाग्यपुर्ण बाटो के छ भने १०० जनालाई यदि उच्च रक्तचाप छ भने ५० प्रतिशतलाई त थाहै हुदैन । उहाँहरुले कहिल्यै ब्लड प्रेसर जाँचेको पनि हुदैन । त्यही भएर १०० जनामा ५० जनालाई थाहै हुदैन । किनभने त्यसको खासै लक्षण नै हुदैन । साइलेन्ट किलर भन्नुको अर्थ के हो भने त्यसको लक्षण नै हुदैन । दमको विरामीको लागि धेरै कुरा गरिराख्नु पर्दैन, हनहन्ती ज्वरो आउने रोगको खासै कुरा गरिराख्नु पदैन, किनभने विरामी तपाई कहाँ आइहाल्छ । अनि उपचार दिने कुरा मात्र हो । तर उच्च रक्तचापको विरामी आउदैन, किनभने उसलाई लक्षणै हुदैन । म त ठिक छुँ नी भन्ने हुन्छ ।

जसलाई थाह हुन्छ, तिनीहरुमा पनि आधा भन्दा बढीले त उपचार पाएको वा लिएकोे हुदैन । जसले उपचार पाएको हुन्छ, उसको पनि उच्च रक्तचाप कन्ट्रोलमा हुदैन । सालाखाला हेर्ने हो भने १०० जना उच्चरक्तचाप भएको विरामीको १४ जनाको मात्र कन्ट्रालेमा हुन्छ । अर्थात, हामीले त ८६ जनामा पुग्नुपर्ने रहेछ । चुनौती पनि रहेछ, अवसर पनि रहेछ । त्यही भएर सँगै काम गरौ, र सबैमा पुगौ भनेको हो ।

नेपालमा १०० जना २५ जनाले उपचार पाउनुहुन्छ, पुरुषमा २० जनाले उपचार पाउनुहुन्छ वा लिनुहुन्छ । अर्थात, १०० जना नेपाली उच्च रक्तचापबाट पीडित हुनुहुन्छ भने महिलाको हकमा ४ जनामा १ जनाले मात्र उपचार पाउनु भएको छ वा लिनुभएको छ । पुरुषको हकमा ५ जनामा १ जनाले मात्र उपचार पाउनुभएको छ वा लिनुभएको छ । त्योभन्दा माथि पाएकोले पनि राम्रो कन्ट्रोल छैन । हाम्रो केएचडिसी डाटामा उपचार पाएकोमध्ये १०० जनामा १४ जनाको मात्र कन्ट्रोल छ । 

ब्लड प्रेसर सजिलै पत्ता लगाउन सक्छौ

मुटु सम्बन्धी रोगको मुख्य कारण नै यही हो । उच्च रक्तचापले गर्दा मात्र हरेक बर्ष ९.४ मिलियन अर्थात ९४ लाख मानिसहरु उच्च रक्तचापले गर्दा मात्र मृत्यु वरण हुन्छ । त्यसमध्ये ८० प्रतिशत मानिसहरु हाम्रो जस्तो देशको मानिसहरु हुन्छन् । तर, सजिलै उच्च रक्तचाप पत्ता लगाउन सक्छौ । धेरै उच्च प्रविधिहरु चाहिदैन । केएचडिसीले घर घरमा गएर जाँच्ने, औषधी पसलेहरुले जाँच्ने वा तपाई हामी जसले जानेका छौ, ब्लड प्रेसर जाँचिदिने गर्नुपर्छ । 

अमेरिकामा पनि नाइकोमा ब्लड प्रेसर जाँचेर नाइले फर्मासिष्टकोमा पठाउदा र उपचार लिदा त्यहाँ राम्रो कन्ट्रोल भएको थियो भनेर २०१३ देखि २०१७ सम्म अध्ययन भएको थियो । साधारण तरिकाले पनि उच्च रक्तचाप पत्ता लगाएर कन्ट्रोल गर्न सकिन्छ भन्ने यो उदाहरण हो । यसको उपचार पनि धेरै महंगो छैन । अहिले त नेपाल सरकारले स्वास्थ्य चौकीतिर उपलब्ध गराएको छ । त्यही भएर यसलाई पत्ता लगाएर उपचार गर्न सजिलो छ । 

यसको उपचारको फाइदा अति नै धेरै छ । मुटुमा स्टेन्ट राख्दा दंग पछौ नि । अहो भगवान जोगाइदिनु भयो भन्छौ । त्यसको भन्दा कयौ गुणा फाइदा छ । ब्लड प्रेसर कन्ट्रोल गर्दा त ५० प्रतिशत मुटुजन्य रोग त रोक्न सकिन्छ, स्टेन्ट हालेर त २ प्रतिशत मात्र रोक्न सकिन्छ । 

ब्लड प्रेसरबाट कसरी बच्ने ?

उच्च रक्तचापको रोकथाम गर्न र उपचार गर्न सबैभन्दा प्रभावकारी औषधी के होला ? कारण के हो ? मोटो पन, धेरै मद्यपान, धेरै नुन खाने पानी, धेरै तनाव लिने बानी, छिमेकीको घरमा जादा पनि गाडी चढ्ने बानी, होस्टेलबाट क्लासमा आउदा मोटरसाइकल चढ्ने बानी, एक्सरसाइज नगर्ने बानी सबैले उच्च रक्तचाप बढाउछ । तसर्थ, तिनीहरुलाई परास्त गर्न साधारण कुरा जिन्दगीमा खानपिनलाई ख्याल गर्नुपर्यो, केही हदसम्म शारिरीक परिश्रम गर्नुपर्यो, प्रशस्त पानी पिउनुपर्यो । 

hyper2

घाम हामीलाई अत्यन्त जरुरी हुन्छ । अहिले त भिटामिन डि खाने फेसन भएको छ । तर, अर्टिफिसियल्ली खाएको भिटामिन डिले फाइदा गर्छ भनेर कुनै पनि साइटिफिक पेपरले देखाउन सकेको छैन । तर हामी दिनरात लेख्छौ । नेचुरल्ली घामबाट पाएको भिटामिन डि ले मात्र फाइदा गर्छ । हामीले लेखेको भिटामिन डि ले विरामीलाई फाइदा गर्छ भनेर आजसम्म कुनै पनि रिसर्चले देखाउन सकेको छैन । मद्यपान, ध्रुमपान छोड्नुपर्छ । अलिकति टेन्सनमुक्त वातावरणबाट बेला बेला बाहिर निस्कने गर्नुपर्छ । स्वाच्छ हावा खानुपर्छ । निन्द्रा एकदमै जरुरी हुन्छ । र, आध्यात्मिक तरिकाले ध्यान गर्नुपर्छ । त्यसो गर्दा शरीरमा न्युरो केमिकल्सहरु रिलिज हुन्छ, र स्वास्थ्य बाँच्न मद्दत पुग्छ । तसर्थ, घाम पानी परिश्रम, आहार बिहार भन्ने गरेको छुँ ।

हामी सबैले गरौ प्रण:

हामी सबै प्रण गर्न चाहन्छौ, रिच वान इच वान । कोही पनि नछुटुन्, हामी सबैकोमा पुग्न सकौ । टिच वान इच वान । सबैलाई हामी केही न केही शिक्षा दिउ । ट्रिट वान इच वान । यदि कोही कसैलाई उपचार चाहिन्छ भने हरेक व्यक्तिलाई उपचार दिन सक्षम होउ ।