धरान: प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले धरानमा जारी मतगणनाको निरीक्षण गरेका छन् ।

मतगणना कार्य सुस्त भएको र नतिजा आउन ढिलाई भइरहेको जनगुनासो अत्यधिक आइरहेको बेला आयुक्त थपलियाले धरानमा पनि निरीक्षण गरेका हुन् । उनले धरानका निर्वाचन अधिकृत पुष्करराज नेपाललाई गणक संख्या दोब्बर बनाउन पनि निर्देशन दिएका छन् । थपलियाले कर्मचारीहरुको सुविधा बढाउन आयोग सकरात्मक रहेको भन्दै सहयोग गर्न सबै पक्षलाई आग्रह पनि गरेका छन् ।

आयुक्त थपलियाले जेठ ५ गतेभित्र मतगणना कार्य सम्पन्न गर्नें गरि गणना कार्यलाई अघि बढाउन पनि निर्देशन दिएका छन् । उनले ५ गते १२ गतेभित्र २०७४ मा निवार्चित जनप्रतिनिधिहरुको पदावधि सकिने भएकोले ६ गते नयाँ जनप्रतिनिधिहरुलाई स्थानीय सरकार हस्तान्तरण गर्न आयोग आतुर रहेको पनि बताए । स्थानीय तह जनप्रतिनिधिविहिन नहोस् भन्ने आयोगको मुख्य उद्देश्य रहेको पनि उनको भनाई थियो । 

निर्वाचनमा एमालेले धाँधली गरेको आरोप लगाएकोबारे आयुक्त थपलियाले प्रमाणित नभएको कुरा बोलेर आफ्नो प्रतिष्ठा, उचाई र मर्यादा घटाउनेसँगै त्यसबारे पनि जवाफ खोज्न सञ्चारकर्मीसँग आग्रह गरे । 

भिडियो :