धरान: प्रदेश नं १ को पहिलो र एक मात्र अन्तरराष्ट्रिय गुणस्तर आइएसओ चिह्न प्राप्त स्कुल तथा कलेज नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले आजदेखि भर्ना सप्ताह मनाउने भएको छ ।

एकेडेमीले आजदेखि जेठ ९ गतेसम्म एक साता भर्ना सप्ताह मनाउन लागेको हो । एकेडेमीले बैशाख २४ गते बार्षिकोत्सव मनाएको थियो । एकेडेमीका सिईओ देव सुब्बाका अनुसार भर्ना सप्ताहभरि नयाँ ब्याचका विद्यार्थी र अभिभावकहरुलाई विद्यालयको बारेमा सम्पुर्ण जानकारी गराइनेछ । उनले भने, ‘स्कुलको बारेमा, ७ वटा इन्ट्रेस्ट क्लबको बारेमा, हाम्रो आइटी ल्याब किन समय सापेक्षा छ भन्ने बारेमा परामर्श गछौं ।’ 

स्कुलमा पोषणविद पनि राखिएको र उनी किन आवश्यक पर्यो भन्नेबारे पनि अभिभावक र विद्यार्थीहरुसँग परामर्श तथा जानकारी गराइने सुब्बाले बताए । ‘हामी उसु पनि सिकाउछौ, उसु खेलले के फाइदा गर्छ ? स्कुलमा हामी के के गछौं ? बच्चाबच्चीलाई के सिकाउछौ ? सबै जानकारी दिन्छौ,’ सुब्बाले भने ।

national

स्कुलमा शान्त शैक्षिक वातावरण रहेको र विभिन्न ७ वटा इन्ट्रेस्ट क्लबले विद्यार्थीहरुको व्यक्तित्व विकास गराउने एकेडेमीले जनाएको छ । विद्यार्थीको लाग पोषष विज्ञको परामर्शमा आफ्नै क्याटिन सञ्चालन छ भने आफ्नै गल्स तथा बोइज होस्टल पनि छ । विद्यार्थीहरुका लागि आनिवार्य सेल्फ डिफेन्स टे«निङको अभ्यास पनि गराइरहेको छ। 

बैशाख २६ गते नै स्कुलले ग्रामर टेष्ट फेज वान र टु टेष्ट सकेको थियो । जेठ ४ गते दोस्रो परिक्षा गर्ने प्रिन्सिपल श्रीशिशा राईले जानकारी दिए । स्कुलप्रति विद्यार्थी र अभिभावकको धेरै रुची देखिएको पनि उनले बताए । भर्ना सप्ताहभरि स्कुल नीति, भजन, कार्यक्रमका बारेमा व्यापक परामर्श गर्न भर्ना सप्ताह गर्नु परेको पनि उनको भनाई छ ।