धरान: नेशनल एकेडेमी धरानले बाँकी रहेको छात्रवृत्ति पनि धमाधम वितरण गरिरहेको छ । 

नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले भदौ २ गतेदेखि ८ गतेसम्म भर्ना सप्ताह सञ्चालन गरेको थियो । उक्त अवधिमा ४८ प्रतिशत विद्यार्थी भर्ना गरेको विद्यालयले बाँकी छात्रवृत्रि पनि धमाधम वितरण गरिरहेको जनाएको छ । कलेजले एजुकेशन, ह्युमेनिटिज र मेनेजमेन्ट संकायको पढाई सञ्चालन गरिरहेको छ । यो स्कुल एवं कलेज अन्तराट्रिय गुणस्तर आईएसओ चिन्ह प्राप्त प्रदेश नं. १ को पहिलो र एकमात्र शैक्षिक संस्था हो । कलेजले स्पेशल स्कोलरसिप, स्कूल टप स्कोलरसिप, स्कूल जेहेन्दार विधार्थी स्कोलरसिप, सहरी सामुदायिक स्कूल जेहेन्दार स्कोलरसिप र सेल्फ मेरिट स्कोलरसिप गरि जम्मा ६ प्रकारको छात्रवृति प्रदान गरिरहेको छ । 

कलेजले यही भदौ १६ गते बुधबारदेखि अनलाइन कक्षा समेत सञ्चालन गरिरहेको जानकारी दिएको छ । कलेजका प्रिन्सिपल श्रीशिशा राईका अनुसार कलेजमा अन्यत्रभन्दा शान्त शैक्षिक वातावरण रहेको छ । यस्तै, कक्षा ५० मिनेटको हुनेछ भने विद्यार्थीहरुको व्यक्तित्व विकासको लागि विभिन्न इन्ट्रेष्ट क्लबको अभ्यास पनि गरिनेछ । आइटीमय शैक्षिक वातावरण, अडिटोरियम हल, अन्र्तराष्ट्रिय मापदण्डको कारण पनि यहाँ अध्ययन गर्ने विद्यार्थीहरुको भविष्य उज्वल रहेने प्रिन्सिपल राईको भनाई छ ।

यहाँ अध्ययन गर्ने सबै विद्यार्थीहरुले आईएसओ अंकित प्रमाणपत्र पाउनेछन्, जसको महत्व विश्व वजारमा हुन्छ । उनीहरुले अवसरहरु सहजरुपमा पाउने प्रिन्सिपल राईले बताए । ‘हाम्रो कलेजमा अन्य कलेजहरुले लिने शुल्कमै विद्यार्थीहरुले अन्तराष्ट्रिय स्तरको शिक्षा सर्वसुलभ शुल्कमा पाउनेछन्,’प्रिन्सिपल राईले भने,‘छात्रवृत्तिको केही कोटा बाँकी रहेको छ, कक्षा शुरु भएपनि नयाँ आउने विद्यार्थीहरुलाई छात्रवृत्ति दिएर भर्ना गछौं ।’