धरान : नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले आफ्नो वार्षिक उत्सव मनाएको छ । 

अन्तराट्रिय गुणस्तर आईएसओ चिन्ह प्राप्त प्रदेश नं. १ को पहिलो र एकमात्र स्कूल तथा कलेज रहेको नेशनलले बैशाख २४ गते बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा विद्यालयको अन्तिम रिजल्ट प्रकाशन गर्नुका साथै विभिन्न पुरस्कारहरु पनि वितरण गरिएको स्कुलका कार्यकारी अध्यक्ष तथा सिईओ देब सुब्बाले जानकारी दिनुभयो। एकेडेमीले उत्कृष्ट विद्यार्थी, शिक्षक तथा अभिभावकलाई पनि पुरस्कृत गरेको छ । 

स्पोर्ट क्लवका विद्यार्थीहरुमार्फत उसु विधामा ३ वटा प्रर्दशनी गरेको थियो भने डान्स एण्ड म्युजिक क्लब मार्फत ५ वटा नृत्य प्रस्तुत गरेको थियो । आर्ट एण्ड ड्रामा क्लव मार्फंत एउटा पर्यावरण सम्वन्धी सर्ट ड्रामा प्रस्तुत गरेको गरिएको थियो । फेसन एण्ड मोडलिङ क्लवका विद्यार्थी मार्फत फेसन र मोडलिङ सम्बन्धि दुई वटा प्रर्दशनी गरेको थियो । यसमा कक्षा ११ र १२ विधार्थीहरु कौशिला राई, कञ्चन ल्वगुन, शितल याख्खाले बेग्लै नृत्य प्रस्तुत गरेका थिए ।

national3

उक्त समरोहमा ए प्लस र ए ग्रेड ल्याउने प्रत्येक कक्षाका विधार्थीहरुलाई गोल्ड मेडल प्रदान गरिएको थियो । मन्टेश्वरी लेभलका विधार्थीहरुलाई बेस्ट स्टुडेन्ट २०७८ मन्टेश्वरी लेभल अलस्टार लिम्बु र द मस्ट इन्टलिङ किड अफ द यियर २०७८ एज्रा सुनुवारलाई प्रदान गरिएको थियो । सोही अवसरमा मन्टेश्वरी लेभल पुरा गरेका बालबालिकाहरुलाई कन्भोकेसन पनि गरिएको थियो ।

इलिमेन्टरी लेभलका विधार्थीहरु मध्ये बेस्ट स्टुडेन्ट २०७८ इलिमेन्टरी लेभल प्रमिश लिम्बुलाई प्रदान गरिएको थियो । सेकेन्डरी लेभलका विधार्थीहरुलाई बेस्ट स्टुडेन्ट २०७८ सेकेन्डरी  लेभल कञ्चन ल्वगुनलाई प्रदान गरिएको थियो । टपर अफ द इयर २०७८ रविना राईलाई गरिएको थियो । त्यसैगरी स्टुडेन्ट अफ द ईयर २०७८ लावेन जि.मी.ले हात पारेका थिए । 

सोही अवसरमा स्टाफ अफ द यियर २०७८ निशा राईलाई दिइएको थियो । शिक्षण तर्फ शिक्षिका नविना लिम्बुलाई टिचिङ स्टाफ अफ द यियर २०७८ प्रदान गरिएको थियो । अविभावक शिक्षालाई अझ प्रभावकारी बनाउदै लान अविभावक मध्य श्रृजना अधिकारीलाई गार्जियन अफ द ईयर २०७८ प्रदान गरिएको थियो । 

national2

कायक्रममा ईञ्जिनियरिङ क्याम्पसका सहायक क्याम्पस प्रमुख अनु श्रेष्ठ, स्कुलका पोषण परामर्शदाता पोषक विज्ञ ओमकरेश्वर अधिकारी, केन्द्रीय प्रविधि क्याम्पसका सह प्रध्यापक नवीन गौतम आदिले बोल्नु भएको थियो । कार्यक्रममा बोल्ने अधिकाशले शिक्षामा नेशनल एकेडेमीले ल्याएको नवीनतम सोच तथा अभ्यासले समाजमा परिवर्तन ल्याउने चर्चा गरेका थिए । कार्यक्रममा स्कुलमा भाइस प्रिन्सिपल ममता लिम्बुले स्वागत मन्तब्य राख्नु भएको थियो । 

प्रिन्सिपल श्रीशिसा राईले स्कुल शिक्षण उदेश्यको बारेमा, स्कुलका कार्यकारी अध्यक्ष तथा सिईओ देब सुब्बाले स्कुलको निति तथा कार्यक्रमका बारेमा, स्कुलका अध्यक्ष श्रीमति समुद्र राईले कार्यक्रमको बारेका बोल्नु भएको थियो । कार्यक्रम सञ्चालन स्कुलका फेसन एण्ड मोडलिङ क्लबमा स्रोत व्यक्ति तथा मिस नेपाल आइडियन २०१८ विजेता मेरिना तुम्सा र स्कुलका पब्लिक स्पिकिङ क्लबका सदस्य कञ्चन ल्वगुनले संयुक्त्त रुपमा सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा विभिन्न विधार्थी क्लबका प्रशिक्षक तथा रिर्सोस पर्सनहरु राजेन्द्र राई, रोहित लिम्बु, मनिसा लिम्बु गल्र्स होस्टलका ब्याबस्थापक, बोइज होस्टलका ब्याबस्थापक, शिक्षक शिक्षिका, कर्मचारी, अविभावक, विधार्थी आदिको उपस्थिति रहेको थियो । सोही कार्यक्रमा कक्षा १२ का विधार्थीहरुलाई विदाई गरिएको थियो । 

national1

national4

national5

national6