धरान: नेशनल एकेडेमी धरानले मन्टेश्वरी कक्षा पनि सञ्चालनमा ल्याएको छ । 

एकेडेमीले मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याए पछि आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई पहिलो चरणको मन्टेश्वरी तालिम पनि दिएको छ । पहिलो चरणको तालिममा मन्टेश्वरी अभिमुखीकरण तथा आर्ट एण्ड क्राफ्टको तालिम आफ्ना कर्मचारीहरुलाई दिइएको एकेडेमीले जनाएको छ । चार दिने तालिममा आर्ट एण्ड क्राफ्टका लागि मन्टेश्वरी ट्रेनर शिखा लिम्बु र नरमाया लिम्बुले सहजीकरण गरिरहेका छन् । अभिमुखीकरणका लागि स्कुलका सिईओ देब सुब्बा, प्रिन्सिपल श्रीशिसा राई, तथा सिटिईभिटी मान्यता प्राप्त मन्टेश्वरी प्रशिक्षण केन्द्र एसटिएका संञ्चालक तथा कलेक पुर्व प्राचार्य शालिक सतासक राईले गरेका छन । अभिमुखीकरणको  मुख्य सहजकर्ता विनोद कार्की छन् । 

national1

कक्षा १२ सम्म मन्टेश्वरी विधिबाट संञ्चालन गर्ने उदेश्यले यो काम थालिएको स्कुलका प्रिन्सिपल श्रीशिसा राईले बताए । मन्टेश्वरी आधुनिक शिक्षण विधि भएको र यसलाई आगामी दिनमा कलेजसम्म अभ्यासमा ल्याउने उनले बताए । विद्यार्थीहरुको शारिरीक, मानसिक, संवेगात्मक तथा सामाजिक विकास जस्ता चौतर्फी विकासलाई ध्यान दिई मन्टेश्वरी संञ्चालन हुने समेत उनको भनाई छ । यसका लागि मन्टेश्वरी अभिमुखिकरण तालिम समेत संञ्चालन गर्न लागेको उनले बताए ।  प्लस टु संञ्चालन गरिरहेको स्कुलले विद्यासागरसँग मर्ज गर्ने प्रक्रिया संगै मन्टेश्वरी देखिकक्षा १२ सम्म पढाई संञ्चालन गरिरहेको छ । स्कुलले दोस्रो चरणको तालिम आगामि फागुनमा संञ्चालन गर्ने भएको छ । 

नेशनल एकेडेमीले २०५८ सालबाट प्लस टु संञ्चालन गरिरहको छ । एकेडेमीले यसै शैक्षिक सत्रबाट प्रदेश नं. १ मा पहिलो र एकमात्र स्कूलको रुपमा अन्तराट्रिय गुणस्तर चिन्ह आईएसओ प्राप्त गरेको छ । 

national2'

national-academy