धरान: धरानको वडा नं १० को प्रारम्भिक मतगणनाको नतिजा आउदा मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले पपुलर भोट प्राप्त गरेका छन् ।

वडा १० को प्रारम्भिक ३ सय मतगणनाको नतिजा सार्वजनिक हुँदा उनले सबैभन्दा बढी १२१ मत प्राप्त गरेका छन् । मेयरमा एमालेका उम्मेद्वार मञ्जु भण्डारीले ६७ मत प्राप्त गरिन् भने गठबन्धनका उम्मेद्वार किशोर राईले मात्र ६६ मत प्राप्त गरेका छन् । 

यस्तै, उपमेयरमा एमालेका उम्मेद्वार पदम इस्वोले ९५ मत प्राप्त गर्दा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले ८९ मत प्राप्त गरेका छन् । 

वडाअध्यक्षमा भने एमालेका उम्मेद्वार विवेक राई अगाडि रहेका छन् । उनले १४२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसबाट वडाअध्यक्षकी उम्मेद्वार रुपा राईले १०१ मत प्राप्त गरेकी छिन् । वडा १० मा १८७५ मत खसेकोमा अहिलेसम्म ३ सय मतमात्र गणना भएको हो ।