धरान: धरानमा मंगलबार साँझ ५ बजेसम्म २० हजार ७८४ मतगणना भइसकेको छ । 

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयरमा गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका किशोर राई ५९१२ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेद्वार हर्कं साम्पाङले ५३३१ मत प्राप्त गरेका छन् । गठबन्धनका राईले स्वतन्त्र साम्पाङसँग ५८१ मतको मात्र अग्रता लिएका छन् ।

मेयरमा एमाले उम्मेद्वार मञ्जु भण्डारीले ५१९५ मत प्राप्त गरेकी छिन् । उनी र साम्पाङबीच १३६ मतको फरक छ । यसैगरि, उपमेयरमा पनि गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ । बेघाले ६६४९ मत प्राप्त गरेका छन् । उनले एमाले उम्मेद्वार पदम इस्वोभन्दा २१४ मत बढी प्राप्त गरेका छन् । इस्वोले ६४३५ मत प्राप्त गरेका छन् । 

table