धरान: धरानमा सोमबार राती साढे ७ बजेसम्म २१ हजार ९८४ मतगणना सकिएको छ ।

तीन दिनदेखि जारी मतगणनामा गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । उनले ६ हजार ३०३ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ५७०७ मत प्राप्त गरेका छन् । गठबन्धनका राई स्वतन्त्र उम्मेद्वार साम्पाङ भन्दा ५९६ मतले अगाडि छन् ।एमालेबाट मेयर उम्मेद्वार मञ्जु भण्डारीले ५४४८ मत प्राप्त गरेकी छिन् । भण्डारीभन्दा साम्पाङ २५९ मतले अगाडि छन् ।

यसैगरि, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ । उनले ७०५६ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेद्वार पदम इस्वोले ६८२८ मत प्राप्त गरेका छन् । इस्वोभन्दा बेघा २२८ मतले अगाडि छन् । हालसम्म धरानको वडा नं १, २, ३, ४, ५, ६ र ७ नम्बरको मतगणना सम्पन्न भइसकेको छ भने वडा ८,९, १०, १९ र २० को मतगणना जारी छ ।