धरान: धरानमा मंगलबार राती साढे १० बजेसम्म २२ हजार ७५३ मतगणना सकिदा गठबन्धनका मेयर उम्मेद्वार किशोर राईको अग्रता कायमै छ ।

राईले अग्रता कायम राखेपनि स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले मतान्तर भने घटाएका छन् । गठबन्धन उम्मेद्वार राईले ६५३५ मत प्राप्त गरेका छन् भने साम्पाङले ५९६५ मत प्राप्त गरेका छन् । साम्पाङभन्दा राई ५७९ मतले मात्र अगाडि छन् ।

एमालेबाट मेयर उम्मेद्वार मञ्जु भण्डारी ५६११ मतका साथ तेस्रो स्थानमा छन् । यसैगरि, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघा ७३१८ मतका साथ अग्रता कायम राखेका छन् । एमाले उम्मेद्वार पदम इस्वोले ७०७३ मत प्राप्त गरेका छन् । हालसम्म वडा नं १, २, ३, ४, ५, ६, ७ र ८ को मतगणना सम्पन्न भइसकेको छ भने वडा नं १०, १९, १८ र २० को मतगणना जारी छ ।

table 1