धरान:धरानको वडा नं १२ को प्रारम्भिक ३ सय मतगणनाको नतिजा सार्वजनिक भएको छ ।

निर्वाचन अधिकृतका अनुसार ३ सय मतगणना हुँदा मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले १०६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ८३ मत प्राप्त गरेका छन् । एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्डारीले ६९ मत प्राप्त गरेकी छिन् ।

उपमेयरमा एमाले उम्मेद्वार पदम इस्वोले १०४ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले ८६ मत प्राप्त गरेका छन् । यस्तै, वडाअध्यक्षमा एमाले उम्मेद्वार टंक राई १४६ मत प्राप्त गरेर अगाडि छन् भने गठबन्धनबाट वडाअध्यक्ष उम्मेद्वार विष्णु तामाङले ११२ मत प्राप्त गरेका छन् । अहिले वडा ८, १२, २० र १९ वडाको मतगणना जारी छ ।