धरान: धरानको वडा नं १८ मा नेपाली कांग्रेसको प्यानल निवार्चित भएको छ । 

वडा १८ को वडाअध्यक्षमा नेपाली कांग्रेसबाट नरेन्द्रकुमार राई (प्रविण) निवार्चित भएका छन् । उनी वडाअध्यक्षमा दोहोरिएका हुन् । उनले २०७४ मा एमाले गढ भत्काउदै कांग्रेसलाई विजयी गराएका थिए । दोस्रो पटक निवार्चित हुने क्रममा उनले ७८४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी एमालेका ऋषिराज राईले ३०६ मत मात्र पाए । 

wada-18, 1

यस्तै, महिला सदस्यमा दिलकुमारी राई ५९८ मत प्राप्त गरेर विजयी भइन् भने दलित महिला सदस्यमा जमुना त्रिखत्री ६०८ मत प्राप्त गरेर विजयी भइन् । सदस्यतर्फ टंकप्रसाद गुरुङ ६६६ मत पाएर निवार्चित भएका छन् । खुला सदस्यमा दिवन राई (ठुलो भाई) ४६६ मत पाएर निवार्चित भएका छन् । दिवनबाहेक सबै जनप्रतिनिधिहरु दोहोरिएका हुन् । २०७४ मा एक जना वडा सदस्य एमालेबाट निवार्चित थिए ।