धरान: धरान उपमहानगरपालिकाको निर्वाचन मतपरिणाम रोचक मोडमा पुगेको छ । 

गणनाको शुरुवाती दिनदेखि अग्रता कामय गरिरहेका गठबन्धनबाट मेयर उम्मेद्वार किशोर राई र स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङबीचको मतान्तर मात्र २२ मतको छ । निर्वाचन अधिकृतको कार्यालयले आज (बुधबार) बिहान साढे ११ बजेसम्म २७ हजार ९६६ मतगणना सकिएको जानकारी दिएको छ ।

उक्त मतगणना सकिदा गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईको झिनो मतले अग्रता कायम छ । गठबन्धनका उम्मेद्वार राईले ७९६४ मत प्राप्त गरेका छन् भने साम्पाङले ७९४२ मत प्राप्त गरेका छन् । राईको मत साम्पाङको भन्दा २२ मत मात्र बढी छ ।

एमालेबाट मेयरकी उम्मेद्वार मञ्जु भण्डारीले हालसम्म ६५७८ मत प्राप्त गरेकी छिन् । उनी भन्दा हर्क साम्पाङ १३६४ मतले अघि घन् । यसैगरि, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले ८९७३ मतले अग्रता कायमै राखेका छन् । एमालेका उम्मेद्वार पदम इस्वोले ८६२३ मत प्राप्त गरेका छन् । हालसम्म धरानको वडा १, २, ३, ४, ५, ६,७, ९, १० र १८ को मतगणना सम्पन्न भइसकेको छ । अहिले वडा ८,१९ र २० को मतगणना भइरहेको छ ।

data