धरान: धरानमा पहिलो पटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वडामा चुनाव जितेको छ ।

निर्वाचन अघि मात्र नेपाली कांग्रेस परित्याग गरि राप्रपा प्रवेश गरेर वडाअध्यक्षमा उठेका कृष्णप्रसाद भटट्राई वडाअध्यक्षमा निवार्चित भएका हुन् । उनले ९०५ मत प्राप्त गरेर वडाध्यक्षमा निवार्चित भएका छन् । उनी २०७४ सालमा पनि वडा १४ को वडाअध्यक्षमा कांग्रेसबाट निवार्चित भएका थिए । यसपाली कांग्रेसले टिकट नदिने भएपछि उनले राप्रपा प्रवेश गरेर उम्मेद्वारी दिएका थिए । 

wada-14

विजयी भटट्राईका निकटतम प्रतिद्धन्दी एमालेका उत्तम आलेले ६५४ मात्र प्राप्त गरे भने नेपाली कांग्रेसका श्याम श्रेष्ठले २९८ मत प्राप्त गरे । यस्तै, महिला सदस्यमा एमालेबाट झरना सुनुवार ७१२ मत प्राप्त गर्दै विजयी भइन् भने एमालेबाटै दलित महिला सदस्य दुर्गा बिक ७३४ मत प्राप्त गरेर निवार्चित भइन् । यसैगरि खुल्ला सदस्यमा कांग्रेसबाट कमल भट्टराई ७२१ र राम तामाङ ७३१ मत प्राप्त गरेर निवार्चित भएका छन् । 

भिडियो: