धरान: धरानको वडा नं १२ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । निवार्चित पाचै जना दोस्रो पटक निवार्चित भएका हुन् ।

निर्वाचन अधिकृतका अनुसार वडाअध्यक्षमा एमालेका टंक राई ८१५ मत प्राप्त गरेर निवार्चित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका विष्णु तामाङलाई १६४ मतले पराजित गरे । निर्वाचन कार्यालयका अनुसार कांग्रेसका तामाङले ६७५ मत प्राप्त गरेका छन् । 

tanka-rai,-wada-12

यसैगरि, महिला सदस्यमा चुन्नु थापा ७९२ मत प्राप्त गरेर निवार्चित भइन् भने दलित महिला सदस्यमा शान्ति त्रिखत्री ७८९ मत प्राप्त गरेर निवार्चित भइन् । खुल्ला सदस्यमा निवार्चित ब्रह्मज्ञ भट्टराई ८४३ मत प्राप्त गरेका छन् भने खुला सदस्यमा निवार्चित विनिता बज्रचार्य ७३१ मत प्राप्त गरेकी छिन् ।