धरान: मिटरब्याजको ऋण चुक्ता गरिसके पनि आफ्नो जग्गा फिर्ता नपाएपछि सप्तरीबाट साहु खोज्दै आएका पीडितहरुले अब कि आफु मर्ने वा पीडकलाई मार्ने तनावपुर्ण अवस्थामा पुगेको अभिव्यक्ति दिएका छन् ।

पीडितहरुले बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै प्रहरी प्रशासन, अदालत सबैतिर गुहारे पनि कतैबाट न्याय नपाएको भन्दै अब अन्तिम विकल्पमा कठोर बाटो लाग्न बाध्य हुने बताए । सबैतिरबाट निराश भएका पीडितहरुले आयोजना गरकेो पत्रकार सम्मेलनमा रुदै बोदे बर्साइन नगरपालिका ७ का तैअब अलीले भने,‘२०७१ सालमा पैसा लिएर जग्गा दिए । सबै पैसा तिरिसके । अझै पैसा मागेको मागेकै छ । जग्गा पनि फिर्ता दिएको छैन । कसैले हाम्रो कुरा सुन्दैन, अब एउटै विकल्प छ, कि म मर्छु, कि मार्छुै ।’

सडक आन्दोलन र धर्ना बस्ने चेतावनी

saptari2

संघर्ष समितिका संयोजक छेदीलाल पासवानले प्रहरी र अदालतबाट पनि न्याय नपाएको भन्दै अब सडक आन्दोलन गर्ने बताए । उनले धरान १९ मा रहेको मिटरब्याजी रामदेव साहको घरमा पनि धर्ना बस्ने चेतावनी दिए । 

सप्तरीको खडग नगरपालिका ७, कल्याणपुर घर भएका ६७ बर्षीय रामदेव साह गाउँमा चर्को ब्याजमा ऋण लगाउने गर्थे । त्यसवापत जग्गा राजिनामा पास गरेर लिने र ब्याजसहित ऋण चुक्ता गरेपछि जग्गा फिर्ता गरिदिने गरेका थिए । तर, पछिल्लो समय उनले ऋण चुक्ता गरिसकेकाहरुलाई पनि जग्गा फिर्ता नगरी गाउँबाट भागेर धरान आईबसेका छन् । उनले अरबौं मुल्य पर्ने पीडितहरुको जग्गा हडपेको बताइएको छ । 

पीडितहरु उनलाई खोज्दै पटक पटक धरान आएका छन् । कल्याणपुर प्रहरीले पीडक साहलाई नियन्त्रणमा लिएर अनुसन्धानको लागि सप्तरी पठाइदिन पत्राचार गरेपनि ईलाका प्रहरी कार्यालय धरानले नमानेको पीडितहरुको भनाई छ । 

भिडियो: