धरान: मेयर हर्कराज राई (साम्पाङ)ले वीपी प्रतिष्ठानलाई स्वास्थ्य वीमा सेवा नरोक्न आग्रह गरेका छन् ।

प्रतिष्ठानका अधिकारी तथा सम्बन्धित महाशाखाका कर्मचारीहरुलाई बुधबार छलफलमा बोलाएर मेयर साम्पाङले वीमा सेवा नरोक्न भनेका हुन् । मेयरले बोलाएपछि छलफल गर्न वीमा हेर्ने २ कर्मचारीसहित डेपुटी निर्देशक डा.इन्द्र लिम्बु, अस्पताल प्रशासन प्रमुख अशोक साह उपमहानगरपालिका गएका थिए । 

मेयर साम्पाङले वीमाको सेवा नरोक्न आफुले भनेको जानकारी दिए । प्रतिष्ठानका अधिकारीहरुले भने आवश्यक छलफल गर्ने बताएको पनि मेयर साम्पांगले बताए । साथै उनले जनतासँग पैसा लिएर सेवा नदिने कुरा उचित नहुने भन्दै अन्याय गरेमा प्रतिकार गर्ने पनि बताए । उनले समस्या समाधानको लागि वीमा बोर्डसम्म आफु पनि जाने बताए ।

उनले भने,‘हामी संयुक्तरुपमा नै डेलिगेसन जानसक्छौं ।’ प्रतिष्ठानले वीमा बोर्डबाट दाबी गरे वमोजिमको करोडौं रुपैया नपाउदा आर्थिक संकट भइरहेको भन्दै असार २० गतेदेखि वीमाको सबै सेवा स्थगन गर्ने घोषणा गरेको थियो । 

भिडियो: