धरान: धरानको वडा नं २० स्थित पकुवा खोलाको पानी वडा नं ११ र १७ का बासिन्दालाई वितरण गर्ने लक्ष्य लिएर विगत २५ दिन अघि काम शुरुवात गरिएको थियो । 

यो कामको नेतृत्व गरेका थिए, धरानका मेयर हर्क साम्पाङले । उनले श्रमदानबाट नै यो प्रोजेक्ट पुरा गर्ने योजना बुने, र आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजबाट श्रमदानको लागि आह्वान गरे । उनको आह्वान पछि धरानका युवायुवती, महिला, वृद्धवृद्धाहरु पकुवाको पानी ल्याउने योजनामा समाहित भएका थिए । 

pakuwa,,,,,, 1

आज मंगलबार यो प्रोजेक्ट शुरु भएको २५ औं दिन पुग्यो । हिजो पकुवाको पानी धरान ११ स्थित सर्दु खोलासम्म आउन सफल भइसकेको छ । अब खानेपानी व्यवस्थापन बोर्डको पाइपमा इन्टरकनेक्सन गर्ने वा विष्णु चोकस्थित पानीटंकीमा पुर्याउन मात्र बाँकी छ । यतिका दिन बितिसक्दा पनि श्रमदान गर्नेहरुको संख्या भने घटेको छैन । बरु दिनहुँ संख्या बढ्दो छ । युवायुवतीहरु मात्र होइन, महिला, वृद्धवृद्धाहरु पनि निरन्तर श्रमदानमा आइरहेका छन् । उनीहरु भन्छन्, ‘हामी कसैले भनेर आएको होइनौं, आफ्नै खुशीले आएका हौं ।’

भिडियो:

pakuwa-25 5

pakuwa-25, 4

pakuwa-25,, 3

pakuwa-25,,, 2

pakuwa-25,,,, 1