धरान: हरेक शुक्रबार ५ बजे मेयर हर्क साम्पाङले लागुऔषधविरुद्ध धरानमा जनचेतनामुलक कार्यक्रम गर्दै आएका छन् । 

पहिलो दिन भानुचोकमा प्ले कार्ड बोकेर उभिएका उनले अर्को साता छाताचोक, जिरो प्वाइन्ट हुदै आज (शुक्रबार) धरान १४ विजयपुर चोकमा कार्यक्रम आह्वान गरेका थिए । धरानलाई लागुऔषध दुव्र्यसनमुक्त बनाउन मेयर साम्पाङले सचेतना अभियान थालेका हुन् । शुक्रबार उनलाई साथ दिन धरानका युवायुवती, महिला पुरुषहरु आएका थिए । 

poet

तिनै भिडमा थिए, विराटनगरका ८० बर्षीया गोविन्द ढुंगाना । उनी हर्क साम्पाङको कार्यक्रमकै लागि धरान आएका थिए । साथमा उनले मेयर साम्पाङबारे कविता पनि रचेका थिए, शिर्षक थियो ‘शुभेच्छा’ । वृद्ध ढुंगाना बाले जब कविता वाचन शुरु गरे, तब माहोल तात्तियो । उनका कविताका पंक्तिहरुले मेयर साम्पाङलाई मात्र होइन, सहभागी सबै धरानेहरुलाई खशुी दिलाएको थियो । मेयर साम्पाङले ढुंगानाको कविताले खुशी दिलाएको र आफुलाई थप उर्जा मिलेको बताए । कार्यक्रममा सञ्चारकर्मी तीर्थ कार्की, नेशनल निरौला, भवानी चुडाललगायतले पनि कविता वाचन गरेका थिए । कार्यक्रममा दर्पन सेक्युरिटीले मेयर साम्पाङलाई लागुऔषध दुव्र्यसनविरुद्धको पर्चा हस्तान्तरण पनि गरेको थियो । 

भिडियो:

drugs2

drugs1 1

drugs 1

drugs3