धरान: आज शनिबार सार्वजनिक विदाको दिन । मेयर हर्क साम्पाङ हरेक शनिबार बिहान वृक्षरोपण गर्छन् । आज बिहान पनि उनी आफ्नो पहिलो खानेपानी प्रोजेक्ट धरान २० स्थित पकुवा खोला मुहान क्षेत्रमा पुगे । 

pakuwa1 1

वृक्षरोपण कार्य जारी रहदा पकुवामा निर्माण भएको इन्टेकमा पानी पर्याप्त नभएको देखियो । पाइपमा बाढीको बेला ढुंगा पसेर ब्लक भएको पाइएपछि मेयर साम्पाङसहित सहभागीहरुले पाइपबाट ढुंगा निकाल्न जुटे । त्यसपछि पुनः अर्को बाँध बाँधेर सतहको पानी सिधै इन्टेकमा पस्ने गरि बनाएका थिए ।

वृक्षरोपण र इन्टेक सुधारको काम भएपछि मेयर साम्पाङले भने,‘पकुवाको माया लागिरहन्छ, त्यसैले माया मार्नु हुदैन भनेर आज यता आएको हो ।’

भिडियो:

pakuwa3 1

pakuwa2 1