धरान: मेयर हर्क साम्पाङको निशाने खोलाको जनश्रमदानको अभियानमा धराने जनताको सहभागिता बढ्दो छ । जनता श्रमदान गर्न र विकासको काममा आर्थिक सहयोग गर्न हातेमालो गरिरहदा तिनै जनताबाट चुनिएका जनप्रतिनिधिहरुको उपस्थिति भने छैन । 

 निशाने खोलाअघि पकुवा खोलाको श्रमदान अभियानमा पनि जनप्रतिनिधिहरुको उपस्थिति नगन्य थियो । वडा ११ र १७ का वडा सदस्यहरुबाहेक अन्यको सहभागिता शुन्य रह्यो । जनताले भने वडाअध्यक्षहरुको खोजी पकुवा खोलाको श्रमदानमा पनि खोजिरहेका थिए । 

आज शनिबार भने निशाने खोलाको श्रमदान अभियानमा उपमेयर अइन्द्रबिक्रम बेघा पनि सहभागी भए । उपमेयर बेघाले दिनभर जसो नै ढुंगा ओसार्न श्रमदान गरे । उपमेयर बेघाले यसअघि मेयर साम्पाङसँगै लागुऔषधविरुद्धको अभियानमा पनि सहभागिता जनाउदै आएका छन् भने वृक्षरोपणमा पनि उनी पुग्ने गरेका छन् । 

aindra-begha-nishane

उपमेयर बेघाले श्रमदानको महाअभियान धरानबाट शुरु भएको भन्दै खुशी व्यक्त गरे । वृद्धवृद्धा, युवायुवती सबै स्वतस्फुर्त श्रमदानमा सहभागी भएको र धरानलाई यो अभियानले एकतावद्ध बनाएको उनले बताए । श्रमप्रतिको सम्मान र विकासप्रति जनतालाई जोड्ने अभियानले धरानलाई उपलब्धी दिने पनि उनले बताए । 

उपमेयर श्रमदानमा आउदा खुशी भएका धरानेहरुले वडाअध्यक्षहरु भने श्रमदानमा नआउदा आक्रोश व्यक्त गरेका थिए । जनताले जिताएका वडाअध्यक्षहरु जनता सहभागी भइरहेको कार्यमा किन नआएको भन्दै सहभागीहरुले बारम्बर प्रश्न उठाइरहेका छन् । 

भिडियो: