धरान: आगामी मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेद्वारी दिएका दुई जनालाई राष्ट्रिय जनमुक्ति पार्टीले समर्थन गरेको छ ।

प्रतिनिधिसभामा स्वतन्त्र उम्मेद्वार कुमार कार्की र प्रदेशसभा १ (क)का स्वतन्त्र उम्मेद्वार खगेन्द्र श्रेष्ठलाई जनमुक्ति पार्टीले समर्थन गरेको हो । दुवै पक्षबीचमा ५ बुँदे सहमतिसमेत भएको छ । उक्त सहमति शुक्रबार दुवै पक्षले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । सहमति पत्रमा उम्मेद्वारद्धयसँगै पार्टीका संघीय परिषद अध्यक्ष के.पी.पालुङ्वा र निर्वाचन परिचालन समिति संयोजक आइत लिम्बुले पनि हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार जनमुक्ति पार्टीले प्रतिनिधिसभाका स्वतन्त्र उम्मेद्वार कार्कीलाई चुनाव चिह्त घण्टाघरमा मतदान गर्ने र प्रदेशसभा (क)मा उम्मेद्वार श्रेष्ठको चुनाव चिह्न पानीको धारामा मतदान गर्ने उल्लेख छ । यस्तै, उम्मेद्वारद्धयले समानुपातिकतर्फ जनमुक्ति पार्टीको चुनाव चिह्न घरमा मतदान गर्ने पनि सहमति भएको छ । 

यस्तै, चुनवाी तालमेलको लागि अन्य उम्मेद्वार तथा दलहरुलाई पनि आह्वान गर्ने, सहमतिलाई दुवै पक्षले विना सर्त पालना गर्ने र चुनावी अभियानमा जनमुक्ति पार्टीको झण्डा प्रयोग नगर्ने पनि उल्लेख छ । 

भिडियो:

kumar