धरान: आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि स्वतन्त्र उम्मेद्वारी मनोनयन दर्ता गरेका उम्मेद्वारहरुलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ ।

सुनसरी क्षेत्र नं १ का उम्मेद्वारहरुलाई पनि बुधबार धरान ८ स्थित सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न प्रदान गरेको छ । उम्मेद्वारहरुले रोजेको चुनाव चिह्न पाएका हुन् । उपस्थित नभएका वा हुन नसकेकाहरुलाई उनीहरुकै सहमति र नियम अनुसार निर्वाचन अधिकृतले चुनाव चिह्न दिएका छन् ।

candisate

चर्चामा रहेका स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले चुनाव चिह्न खरायो पाएका छन् । एमाले जसपा गठबन्धनप्रति असन्तुष्टी जनाउदै मेन्याङ्बोले पार्टी निर्णय विपरीत प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दर्ता गरेका छन् । उनी एमालेको प्रदेश कमिटी सचिवालय सदस्य तथा धरानका पुर्वमेयरसमेत हुन् । 

यस्तै, चर्चामा रहेका अर्का स्वतन्त्र उम्मेद्वार तर्कबहादुर मगरले चुनाव चिह्न पानीको जार रोजेका छन् । उनी धरानका मेयर हर्क साम्पाङ टिमका संघीय उम्मेद्वार हुन् । यसैगरि, चर्चामा रहेका अर्का स्वतन्त्र उम्मेद्वार तथा सुकुम्बासी नेता कुमार कार्कीले घण्टाघर चुनाव चिह्न लिएका छन् । उनी नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष पनि हुन् । 

अरु उम्मेद्वारले के पाए चुनाव चिह्न ?

candidate3
candidate1

candidate2