धरानः रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी छोडेका सञ्जिव भट्टराईले सुनसरी क्षेत्र नं १ का स्वतन्त्र उम्मेद्वार मनोज मेन्याङ्बोलाई समर्थन गरेका छन् ।

धरान १६ निवासी भटट्राईले हस्तलिखित एक प्रेस विज्ञप्ति जारी गर्दै आफुसहित रास्वप परित्याग गरेका सबैले स्वतन्त्र मध्ये इतिहास, योग्यता, योगदान हेरेर खरायो चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार मेन्याङ्बोलाई समर्थन गर्ने निष्कर्षमा पुगेको बताएका छन् । भट्टराईसहितका नेता, कार्यकर्ताहरुले कार्तिक १५ गते पार्टी परित्याग गरेको घोषणा गरेका थिए । 

भट्टराईले आफु १२ वर्षको उमेर हुदा ०६२/०६३ को जनआन्दोलनदेखि नै राजनीतिमा होमिएको र भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्यका लागि निरन्तर लडिरहेको बताएका छन् । अहिले मुलुक निर्वाचनको महासंग्राममा रहेको र राजनीतिक दलका उम्मेदवारहरुप्रति जनता निराश र आक्रोशित बनेको उल्लेख गर्दै उनले लामिछानेको स्वतन्त्र पार्टीभित्र चरम नातावाद, कृपावाद, आर्थिक अपारदर्शिता हावी भएकोले पार्टी छोडेको खुलाएका छन् ।

आफू पनि स्वतन्त्र अभियानको नेतृत्व गर्दै आएको भन्दै उनले स्वतन्त्र उम्मेदवारले जित्नु पर्ने धारणा रहेको र स्वतन्त्र उम्मेद्वारको भीडमध्येबाट एउटा साझा उम्मेदवार उठाउने आफनो प्रयास असफल भएको पनि बताएका छन् । साथै उनले इतिहास, योग्यता, धरान र धराने जनताको विकासमा लागिपर्ने ब्यक्ति मनोजकुमार मेन्याङ्बोको चुनाव चिन्ह खरायोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सबै असन्तुष्ट नेता, कार्यकर्ताहरु मतदान गर्ने निष्कर्षमा पुगेको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् । 

sanjiv1

sanjiv2

sanjiv3

sanjiv4