धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ एमाले जसपाका उम्मेद्वार अशोककुमार राईले मतान्तरण झनै बढाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले राती ९ बजेसम्म ७१ हजार ३४२ मतगणना सकिदा राईलाई ६२५ मतको अग्रता लिएको जानकारी दिएको छ । राईले १५ हजार ५८२ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन) ले १४ हजार ९५७ मत पाएकी छिन् । 

यसैगरि, नेकपा माओवादी केन्द्रका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले ११ हजार ८१२ मत पाएका छन् भने स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ७ हजार २८६ र राप्रपाका अशोक राई (अविरल)ले ७ हजार २५६ मत पाएका छन् । अब गणना गर्न बाँकी मत ६ हजार ६११ रहेको छ । 

भिडियो :