धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (२) तर्फ नेकपा एमालेका उम्मेद्वार विजयकुमार राईले मतान्तर झनै बढाउदै लगेका छन् । 

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार खसेको कुल मतमध्ये ३२ हजार ६३६ मतगणना सकिदा राईले १० हजार ६६६ मत प्राप्त गरेका छन् । उनीभन्दा ४ हजार ५६ मतले पछि रहेका राप्रपाका उम्मेद्वार अनिश ढकालको मत ६ हजार ६१० रहेको छ ।

तेस्रो स्थानमा गठबन्धनबाट उम्मेद्वार बनेका नेकपा एसका रेवतीरमण राईले ४५५८ मत पाएका छन् । यसैगरि, स्वतन्त्र उम्मेद्वार रोहित सुब्बाले ४२८९ मत पाएका छन् भने हेमचन्द्र राईले २६२४ मत पाएका छन् ।