धरान: सुनसरी क्षेत्र नं १ मा ७० हजार मतगणना सकिएको छ । 

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार खसेको मतमध्ये आइतबार साँझसम्म ७० हजार ७२० मतगणना सकिएको छ । गणना भएकोमध्ये एमाले जसपाका संयुक्त उम्मेद्वार अशोककुमार राईले १५ हजार ११४ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन) राई भन्दा ४८५ मतले पछि परेका छन् । उनले १४ हजार ६२९ मत पाएकी छिन् ।

तेस्रो स्थानमा गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले ११ हजार ५६२ मत पाएका छन् । स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ७ हजार १९० मत पाएका छन् भने राप्रपाका अशोक राई (अविरल) ले ७ हजार ३ मत पाएका छन् । तर्कबहादुर मगरले ३ हजार ७५४ मत, कुमार कार्कीले १ हजार ७९७, मातृकाप्रसाद भट्टराईले १ हजार ६९० मत पाएका छन् ।

भिडियो: