धरान: सुनसरी क्षेत्र नं १ मा एमाले जसपाका उम्मेद्वार अशोककुमार राई प्रतिनिधिसभिा सदस्यमा विजयी भएका छन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन)लाई ४५३ मतान्तरले हराउदै विजयी भएका हुन् । राईले १७ हजार ५९ मत पाएका छन् भने तामाङले १६ हजार ६०६ मत पाएकी छिन् । 

यसैगरि, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोले १३ हजार ८७ मत पाएका छन् भने राप्रपाका उम्मेद्वार अशोक राई (अविरल)ले ७ हजार ८८४ मत पाएका छन् । स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ७ हजार ८१२, तर्कबहादुर मगरले ३ हजार ८१८ पाएका छन् । सुनसरी १ मा कुल ७८ हजार ९११ हजार मत खसेकोमा ७३ हजार २१ मत सदर भएको थियो भने ५ हजार ८९० मत वदर भएको थियो ।