धरान: सुनसरी क्षेत्र नं १ मा एमाले जसपाका उम्मेद्वार अशोककुमार राईले ४ मतले अग्रता लिएका छन् ।

धरानको सबै वडा र बराहक्षेत्रको वडा १,२, ३ सहित कुल ६६ हजार २५ मतगणना सकिदा राईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ मतले पछि पार्दै अग्रता लिएका हुन् । राईले १३ हजार ८०१ मत पाएका छन् भने तामाङले १३ हजार ७९७ मत पाएका छन् । 

तेस्रो स्थानमा गबठन्धनका उम्मेद्वार माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोले १० हजार ७८४ मत पाएका छन् भने स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ६ हजार ८३४ मत पाएका छन् । राप्रपाका अशोक राई (अविरल)ले ६३२९ मत पाएका छन् । 

भिडियो: