धरान: सुनसरी क्षेत्र नं १ मा जसपा नेता अशोक राईले अग्रता बढाउदै लगेका छन् । 

निर्वाचन अधिकृतको कार्यालय धरानले दिउँसो ३ बजेसम्म ६८ हजार ४१२ मत गणना सकिएको छ । हालसम्म जसपाका उम्मेद्वार राईले १४ हजार ४२६ मत पाएका छन् । उनीभन्दा २१८ मतले पछि परेकी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन) ले १४ हजार २०८ मत पाएकी छिन् ।

यसैगरि, गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो (मुकेश)ले ११ हजार २६६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ७ हजार ३६, राप्रपा उम्मेद्वार अशोक राई (अविरल) ६ हजार ६०९, तर्कबहादुर मगर ३ हजार ७३७ मत पाएका छन् । 

भिडियो: