धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा २ मा नेकपा एमालेका विजयकुमार राई विजयी भएका छन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार राईले राप्रपाका उम्मेदवार अनिश ढकाललाई ४ हजार ९८२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । राईले १२ हजार ४६४ मत पाएका छन् भने राप्रपाका ढकालले ७ हजार ४८२ मत पाए ।

यस्तै, गठबन्धनबाट नेकपा एसका रेवतीरमण राईले ४ हजार ९८८ मत पाए भने स्वतन्त्र उम्मेदवार रोहित सुब्बाले ६ हजार ८३८ मत पाए । स्वतन्त्र उम्मेदवार हेमचन्द्र राईले २ हजार ६९८ मत पाएका छन् । कुल ३९ हजार १५३ मत खसेकोमा ३७ हजार २ सय सदर भएको थियो भने १९५३ मत वदर भएको थियो ।