धरान: प्रदेशसभा १ (२) मा नेकपा एमालेका उम्मेद्वारले विजयकुमार राईले ३५६१ मतले अग्रता लिएका छन् । 

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार २८ हजार ७१५ मतगणना सकिदा राईले ९ हजार २२० मत पाएका छन् । उनी भन्दा पछि रहेका राप्रपाका उम्मेद्वार अनिश ढकालको मत ५ हजार ६६१ रहेको छ । दुवैबीच ३५६१ मत रहेको छ ।

गठबन्धनबाट उम्मेद्वार रहेका नेकपा एसका रेवतीरमण राईले ४ हजार १३८ मत पाएका छन् भने स्वतन्त्र उम्मेद्वार रोहित सुब्बाले ३६७९ र हेमचन्द्र राईले २५६० मत पाएका छन् ।