धरान: पानवारी बस स्टेण्ड नजिकै माछा भौडी हुदै बग्ने खहरे खोला छ । त्यो खहरे किनारमा बस्ने घरहरुलाई फोहोर गन्हाएर बसिनसक्नु हुन्थ्यो ।

केही समय यता भने त्यहाँका स्थानीयलाई विगतमा जस्तो अचाक्ली दुर्गन्ध छैन । बरु स्थानीयहरु त्यहाँ टहलिन आउन थालेका छन् । यसको कारण हो, खहरेको दुवै किनारमा करिडोर (सडक) बनाएर वडा कार्यालयले पार्क बनाउनु । स्वर्गीय वडाअध्यक्ष भुपेन्द्रराज मोक्तानको स्मृतिमा वडा ७ ले खहरे किनारलाई भुपेन्द्रराज मोक्तान स्मृति ज्येष्ठ नागरिक पार्क निर्माण गरेको छ । आज बिहान मेयर हर्क साम्पाङले उक्त पार्कको उद्घाटन गरेका छन् ।

park4

पार्क निर्माण समितिका अध्यक्ष तीर्थराज योञ्जनका अनुसार कुल २८ लाख १९ हजार १२० रुपैयामा पार्क निर्माण गरिएको हो । पार्क निर्माणाधिन अवस्थामा रहेको र चालु बर्ष पनि ५ लाख बजेट विनियोजन गरिएको उनले बताए । पार्कको लागि पुर्वसांसद जयकुमार राई, उपभोक्ताको सहभागिता, धरान उपमहानगरपालिका, वडा कार्यालय, पुर्वसभामुख प्रदिप भण्डारीलगायतले बजेट उपलब्ध गराएको वडा अध्यक्ष जीवन सुवेदीले जानकारी दिए ।

२०७४ मा निवार्चित वडाअध्यक्ष भुपेन्द्रराज मोक्तानको २०७५ जेठमा निधन भएपछि उनकै स्मृतिमा निर्माण गरिएको पनि वडाअध्यक्ष सुवेदीले बताए । मेयर साम्पाङले खहरे किनार सुन्दर पार्कमा परिणत भएकोमा खुशी व्यक्त गर्दै हरेक वडाका चोकहरुमा पार्क बनाउनुपर्ने बताए । उनले पार्कलाई अझ राम्रो बनाउन आफुले सहयोग गर्ने पनि बताए । पार्कमा पानीको फोहोरा, रेलिङ, फुलबारी, फलैचा, बस्ने टहरालगायत संरचनाहरु निर्माण गरिएको छ । 

भिडियो:

park

park3

park2