धरान: स्थापना दिवसको अवसर पारेर तीन दिने धरान उत्सव शुरु भएको छ ।

धरान १२ स्थित पब्लिक हाई स्कुलको मैदानमा उत्सव शुरु भएको हो । उत्सवको उद्घाटन सुनसरी क्षेत्र नं १ बाट निवार्चित प्रतिनिधिसभा सदस्य अशोककुमार राईले पानसमा दिप बालेर गरेका थिए । त्यसअघि, मैदानबाट वृहत र्याली निस्केको थियो । र्यालीमा विभिन्न संघसंस्था, विद्यालय, आदिबासी जातजातिहरुको मौलिक साँस्कृतिक झाँकीसहित सहभागिता रहेको थियो । 

उद्घाटन समारोहलाई संघीय सांसद राई, प्रदेश सभा सदस्य रमेश बस्नेत, पुर्वप्रदेश प्रमुख डा.गोवन्द सुब्बा र राजनीतिक दलहरुकोतर्फबाट नेपाली कांग्रेसका सभापति श्याम पोख्रेलले सम्बोधन गरेका थिए । वक्ताहरुले धरानको समग्र विकास र उन्नतिको लागि एकले अर्काको अस्तित्व स्वीकार गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए । मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले पनि सम्बोधन गर्दै सहकार्य गरेर अघि बढ्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्था, व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

भिडियो:

तीन दिनसम्म हुने धरान उत्सवमा ७० भन्दा बढी स्टलहरु राखिएको छ । स्टलहरुमा विभिन्न घरेलु उद्योगको उत्पादनहरु बिक्री तथा प्रर्दशनीमा छन् भने विद्यार्थीहरुको शैक्षिक प्रर्दशनी पनि भइरहेको छ । यस्तै, नर्सरीहरुले फुल बिक्रीमा राखेका छन् भने नेवारी, किराती जातिय परिकारहरुको पनि स्टल राखिएको छ । उत्सवको अवसरमा बिहानै भानुचोकदेखि श्रमसँस्कृति पार्कसम्म वाकाथन कार्यक्रम भएको थियो भने वडा नं ७ मा भुपेन्द्रराज मोक्तान स्मृति ज्येष्ठ नागरिक पार्कको पनि उद्घाटन गरिएको थियो । उद्घाटन समारोहमा नै दोहोरी कार्यक्रम पनि भएको थियो ।

भिडियो:

 


dharan-day3 1

dharan-day5

dharan-day6

dharan-day7

dharan-day8

dharan-day9

dharan-day10

dharan-day12

dharan-day15

dharan-day14

dharan-day13

dharan-day16

dharan-day17

dharan-day22

dharan-day21

dharan-day23

dharan-day27

dharan-day26

dharan-day25

dharan-day20

dharan-day24