धरान: मेयर हर्क साम्पाङले एक सातापछि लागु हुन लागेको वान वे प्रणालीलाई सहयोग गर्न अपिल गरेका छन् । 

मेयर साम्पाङले सोमबार आकस्मिकरुपमा पत्रकार सम्मेलन गर्दै फागुन ८ गतेदेखि लागु हुन लागेको एकतर्फी (वान वे) प्रणालीलाई सहयोग गर्न अपिल गरेका हुन् । भानुचोक तथा बजार क्षेत्रको यातायात अस्तब्यस्ततालाई सहज बनाउन धरानमा फागुन ८ गतेदेखि वान वे प्रणाली लागु गर्दैछ । मेयर साम्पाङले भानुचोकदेखि लक्ष्मी चोकसम्म सम्पुर्ण यातायातका साधनहरु उत्तर तर्फमात्र जान पाउने बताए । 

यस्तै, लक्ष्मीचोकदेखि भानुचोकतर्फ आउने सवारीहरु पृथ्वीचोक, सिंहदेवी, पुरानो बजार, माछाभौडी हुदै मात्र भानुचोकसम्म आउन पाउने पनि मेयर साम्पाङले बताए । ‘यो वान वे गर्न आवश्यक भएकोले नै गर्न लागेका हौं । सम्पुर्ण धरानबासी दाजुभाई दिदीबहिनीहरुलाई पुर्वसुचना जानकारी गराउन चाहे । धरानको ट्राफिक व्यवस्थापनमा साथ, सहयोगको विश्वास लिएको छुँ,’उनले भने।

मेयर साम्पाङका अनुसार भानुचोकदेखि लक्ष्मी चोकसम्मको सडक बीचमा रहेको कलेज रोड, छाताचोकबाट पनि पुर्वतर्फ मोडिएर पुरानो बजार हुदै भानुचोकतर्फ झर्न सकिनेछ । धरानको ट्राफिक व्यवस्थापनमा तत्काल वान वे गरिने र भविष्यमा अन्य सुधारको कामहरु पनि गर्दै जाने बताए । ‘सबै थोक एकै पटक गर्न सम्भव नहुने भएकोले फागुन ८ गतेदेखि वान वे गर्दैछौं, अन्य कामहरु पनि विस्तारै गर्दै जान्छौं,’उनले भने ।  हालसम्म भानुचोकदेखि लक्ष्मीचोकसम्म ठुला तथा मझौला गाडीहरु मात्र वान वे गरिएको छ । अब भने साना तथा मोटरसाइकल, स्कुटर, टेम्पो लगायत सबै सवारीसाधनहरुलाई पनि वा वे लागु हुनेछ । 

भिडियो: